Saturday, December 31, 2016

धनुषामा बहुद्देश्य बहुमुखी सहकारी संघ गठन

विजय कु. सिंह 
ढल्केवर,पुस १६ गते 

बहुद्देश्य सहकारीहरुको संगठन जिल्ला बहुद्देश्य बहुमुखी संघ धनुषामा श्री शिवगुरु बहुद्देश्य सहकारीको अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्य समिति गठन भएको छ । 
ढल्केवरस्थित रातो लालीगुरास सहकारीको सभाकक्ष हलमा सम्पन्न जिल्ला भेलामा नेपाल बहुद्देश्य सहकारी संघ लिंको केन्द्रिय सदस्य तुलसी प्रसाद सापकोटाको प्रमुख आतिथ्य र सोनाबती देवी महतोको अध्यक्षतामा सो भेला सम्पन्न भएको छ । गठित समितिको उपाध्यक्षमा राम बाबु कडारी, निरा सापकोटा, कोषध्यक्ष्मा सुनिता देवी महतो, सचिवमा माधवी आले र सदस्यहरुमा लिलम सिंह, विन्दा सिलवाल, भवानी थापा, सन्जु खाती रहेका छन् । 
कार्यक्रममा धनुषा पत्रकार महासंघका सदस्य विनोद महतो, राम प्रताप महतो, सुनिता देवी महतो लगायत संचारकर्मीहरुका साथै धनुषाको विभिन्न बहुद्देश्य सहकारीहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  

Wednesday, December 28, 2016

हिमालय युवा कलव द्धारा खेलकुद प्रतियाेगिता सम्पन्न

ढल्केवर, पुस १३ गते ।
धनुषाकाे मिथिला नगरपालिका नक्टाझिज  स्थित हिमालय युवा कलवले अाफ्नाे २६ अाै बार्षिक साधारणा सभाकाे उपलक्ष्मा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत अाज चाैथाे दिन खेलकुद प्रतियाेगिता सम्पन्न गरेकाे छ । जनता उ.मा.वि नक्टाझिजमा भएकाे सार्इकल स्लाेह तर्फ जनता उ.मा.वि नक्टाझिजकाे सुमित कु. दास (प्रथम), राम जानकी विद्या अाश्रम नक्टाझिजकाे लक्ष्मण महताे(दाेश्राे) र कालिमार्इ युवा कलव शान्तिपुरकाे अनिल कुमार राउत(तृतिय) स्थान प्राप्त गरेका छन । त्यसैगरी छात्रा दाैर प्रतियाेगिता तर्फ  जनता उ.मा.वि नक्टाझिजकाे लक्षमी कुमारी यादव(प्रथम), न्यू त्रिशक्ति युवा कलव लक्ष्मीनिवास ढल्केवरकाे काजल कुमारी(दाश्राे) र दर्शनिया बाेर्डिङ स्कुल महेन्द्रनगरकाे अाशा चाैधरी(तृतिय) स्थान प्राप्त गरेका छन । त्यसैगरी छात्र दाैर तर्फ  जनता उ.मा.वि नक्टाझिजकाे सुन्दर कुमार मण्डल(प्रथम), दर्शनिया बाेर्डिङ स्कुल महेन्द्रनगरकाे सन्ताेष कुमार यादव(दाेश्राे) र लक्की युवा कलव महेन्द्रनगरकाे रंजित कुमार सिंह(तृतिय) स्थान प्राप्त गर्न सफल भएका छन् ।  सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विहिबार पाचाै दिन चित्रकला र निबन्ध प्रतियाेगिता हुने अायाेजक कलवका अध्यक्ष अरूण कुमार महताेले जानकारी दिनुभयाे ।

मधेश प्यावसनले मनायाे पहिलाे वार्षिकाेत्व

फुलगेन मुखिया
जनकपुर, पुस १३ गते


मधेश प्यावसनले बुधवार भव्यताका साथ अाफ्नाे पहिलाे बार्षिकाेत्सव मनाएकाे छ । पुस १३ गतेकै दिन तरार्इ मधेशमा अधिकार प्राप्तिका लागि अान्दाेलन जारी रहेकै समयमा मधेश प्यावसनकाे स्थापना भएकाे एक बर्ष पूरा भएकाे अवसरमा वार्षिकाेत्सव मनार्इएकाे मधेश प्यावसनका सुजित
कुमार मिश्राले जानकारी दिएका छन । प्यावसनका अध्यक्ष अमरेन्द्र भmाकाे अध्यक्षता र जिल्ला शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवकाे प्रमुख अातिथ्यमा जनकपुर १ स्थित शिवशारदा बाेर्डिङ स्कुलकाे प्राङ्ग्नमा  बार्षिकाेत्सव कार्यक्रममा  मनार्इएकाे छ । कार्यक्रममा स्वागत मन्तव्य शैलेन्द्र मिश्रले प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे उदघाेषण प्यावसनका सचिव सुजित कुमार मिश्राले गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागी वक्ताहरू नीजि विद्यालय संगठनहरू एकजुट भएर जानुकाे विकल्प नरहेकाे बताएकाे थियाे । मधेश प्यावसनले अाफ्रनाे कार्य क्षेत्र विस्तार गर्नुपर्नेमा जाेड दिएका छन । कार्यक्रममा मधेश प्यावसनका महासचिव सुवाेध मिश्र, महेन्द्र सिंह, बज्र किशाेर यादव, प्रभात कुमार मिश्र, राम प्रवेश राउत , नरेश यादव, प्रदिप कुमार यादव, सुमन भmा सहितका व्यक्तिहरूकाे सहभागिता थियाे ।

Tuesday, December 27, 2016

धनुषाका जिल्ला शिक्षा अधिकारी महतो निलम्बित !

काठमाण्डौ, १३ पुस । विषेश अदालतमा मुद्दा खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतो निलम्बनमा परेका छन । धनुषा आउनुअघि सिरहा जिल्लामा गरेको आर्थिक अनियमितताको आरोपमा उनी सोमबार निलम्बनमा परेका हुन । 

शिक्षक सरुवा, दरबन्दी मिलान, प्रअ नियुक्त लगायतमा एक करोड ५० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोप महतोमाथि लगाइएको छ ।  उनी भ्रष्टाचारको आरोपमा अख्तियारबाट निलम्बन परेका छन् । ०७२ असोज ६ गतेदेखि ०७३ असोज १६ सम्म उनी सिराहका जिल्ला शिक्षा अधिकारी थिए । 


धनुषामा हाजिर भएपनि जिशिअ महतो नियमित रुपमा कार्यालय बसेका छैनन । 
धनुषा आएको तीन महिना भइसक्दा ६ दिन पनि कार्यालयमा नबसेको एक जना कर्मचारीले बताए । केही दिनदेखि उनी तनाबमा रहदै आएको ती कर्मचारीले थपे । स्राेत ः जनकपुर टुडे

Monday, December 26, 2016

सरकारले तोक्यो उखुको मूल्य

काठमाडौं, पुस ११ – सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ तोकेको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय, उखु किसान र चिनी उद्योगीबिचको संयुक्त बैठकमा उखुको मुल्य तोकिएको हो । 
यसअघि किसानले उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैयाँ माग मागेका थिए उद्योगीले प्रति क्विन्टल ५ सय १३ रुपैयाँ भन्दा बढी दिन नसक्ने अडान राखेका थिए । त्यसमा सहमति नभएपछि किसान र उद्योगीले मूल्य निर्धारण गर्न सरकार गुहारेका थिए । सरकारले दुवै पक्षको अडानमा मध्यमार्गी बाटो अपनाएर प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ मूल्य तोकिदिएको हो । 
पोहोर किसानले प्रति क्विन्टल ४ सय ४८ रुपैयाँ मात्र पाएका थिए । तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, रौतहट, बारा, पर्सा, नबलपरासी, रुपन्देही लगायत जिल्लाका लाखौं किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । मूल्य निर्धारणसँगै अब चिनी उद्योग सञ्चालनमा आउने छन् भने किसानले पनि उखु काट्न सुरु गर्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिनुभयो । 

रामसपा काे क्षेत्रीय कार्य समिति गठन


विजय कु सिंह
ढल्केवर, पुस ११ गते ।

शरत सिंह भण्डारी नेतृत्वकाे राष्ट्रिय मधेश समाजवादी पार्टी धनुषा क्षेत्र नं ७ मा जगदेव महताे काे अध्यक्षतामा १३ सदस्य क्षेत्रीय कार्य समितिगठन गरेकाे छ ।अाज ढल्केवरमा जगदेव महताेकाे अध्यक्षता र जिल्ला सभापती देव कृष्ण मण्डलकाे प्रमुख अातिथ्यमा समिति गठन गरेकाे छ । गठित समितिमा जगदेव महताे अध्यक्ष, राम सेवक महताे उपाध्यक्ष, अाशा देवि पासवान काेषाध्यक्ष, भाेला महताे सचिव र सदस्यहरूमा राम किशाेर महताे, राम चन्द्र महताे, राम विलास साह, राम बाबु महताे, राधा देवि महताे, रवि महताे, सुरेन्द्र महताे, अनवर अली, राम उदगार महताे रहेकाे छ ।


Sunday, December 25, 2016

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

वीरगन्ज, पुष  १० गते ।
 आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’
सुनसरीको झुम्का कारागारबाट ३ महिना अगाडी सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुली मुद्दाको कसुरमा सजाय काटीरहेका रौतहट घर भएका पनिलाल पँडितले अपहरण तथा जिउ बन्धकी मुद्दामा सजाय काटीरहेका वीरगन्जमा राजन बानियालाई छुरा हानेका हुन्। प्रहरी उपरीक्षक साहका अनुसार बानियाको पिठ्युका छुरा रोपिएको घाउ छ । छुरा प्रहार गर्ने पँडित जनतान्त्रिक गोइत समूहको कार्यकर्ता समेत रहेको खुलेको छ।
‘घाउ ठूलो छैन्, गहिरो छ, छुराले करङ्गको हड्डीलाई छोएको छ कि भन्ने डाक्टरहरुको शंका छ,’ प्रहरी उपरीक्षक साहले भने, ‘घाउको प्रकृती गम्भीर देखेर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचारपछि डाक्टरहरुको सल्लाहमा नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा लगिएको छ ।’ सहरमा ठाउँठाउँमा क्रिसमसको रमझम चलिरहँदा जेलभित्र घटना भएको हो। साहले घटनाको अनुसन्धान भइरहेको बताए।
घाइतेका दाजु ललन बानियाले नेशनल मेडिक कलेजका डाक्टरले अवस्था चिन्ताजनक रहेको बताएको जानकारी दिए । ‘पिठ्युको माथिल्लो भागमा गर्धन पछाडी गहिरो खत छ, डाक्टरले नशा काटिएकोले अवस्था चिन्ताजनक बताएका छन्,’ ललनले भने, ‘काठमाडौं लैजान भनेका छन्।

महोत्तरीका असहाय परिवारलाई मधेशी कोरिया समाजले गरे आर्थिक सहयोग

सुरेन्द्र सिंह 
महोत्तरी,पुस १० गते ।
मधेशी कोरिया समाजले आइतवार महोत्तरीको पशुपतिनगरका एक गरिव तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पशुपतिनगर ४ बस्ने करिब ७० वर्षक रामबहादुर महतो , उनका श्रीमती मन्तोरिया देवी र छोरा दुखी महतो वर्षौदेखि घरविहिन भएपछि हाल ऐलानी जग्गामा बसोबास गर्दै आएका छन । परिवारका तीनै जना काम गर्न नसक्ने भएपछि साँँझ विहानको छाँक टार्न समेत समस्या हुन थालेपछि गाउँघरबाट मागेर ल्याएको करिब १२ हजार रुपैया समेत चोरी भएको समाचार संचारमाध्यममा आएपछि मधेशी कोरिया समाजले महतोको घरमै पुगेर आज ३७ हजार रुपैया सहयोग गरेका छन । समाजका कोषाध्यक्ष दिनेश कुमार महतोको नेतृत्वमा आज पशुपतिनगरमै संचालनमा रहेको शुभकामना सहकारी बचत तथा क्रटण सहकारीमा ती दम्पतीको नाममा खाता खोली रकम सहयोग गरेका छन ।
सहयोग हस्तान्तरण कार्यक्रमममा पशुपतिनगरका पूर्व प्रधान नथुनी महतो , मधेशी कोरिया समाजका शंकर कुमार रौनियार, राजनितिक दलक प्रतिनिधी सुरज सिंह, अस्थायी प्रहरी चौक पशुपतिनगर चौलिखाका सई वि.एन यादव, संचारकर्मी , बुद्धिजिवीलगायतको उपस्थिती रहेको थियो ।
सहयोग रकम पाएपछि असहाय मन्तोरिया देवीले आफुहरुलाई अहिलेसम्म यसरी कुनै संघ संस्थाले सहयोग नगरेको तथा गाविसबाट अपाङता तथा बृद्ध भत्तासमेत अहिलेसम्म नपाएको गुनासो गरेका छन । आफुहरुलाई मधेशी कोरिया समाजले आर्थिक सहयोग गरेर ठुलो गुण लगाएको भन्दै खुशी व्यक्त गरेका छन ।

सवारी लाइसेन्सको फर्म अनलाइनबाटै भर्न सकिने, यसरी भर्नुहोस् फाराम

पुस १० गते-
सरकारले आजदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गर्दैछ ।
अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ ।

कसरी भर्ने अनलाइन फाराम ?
१. यातायात व्यवस्था ववभागको वेबसाइट www.dotm.gov.np मा जानुहोस्।
२. वेब साइटको होम पेजमा यातायात व्यवस्था ववभागको चिनारी मुनन रहेको ‘अनलाइन सवारी चालक अनुमनत पत्र’ को लिङ्कमा क्लिक गर्नुहोस।
३. ड्राइभिङ् लाइसेन्स अनलाइन रजिष्ट्रेशनमा क्लिक गर्नुहोस्।
४. त्यस पछि त्यहाँ रहेको Citizenship मा Nepal छानेर proceed मा क्लिक गर्नुुहोस्।
५. आफ्नो व्यक्तिगत विवरण (Demographic Details) भर्नुुहोस्।
६.जन्ममिति Date fo Birth (DOB) छाने पछि आफै उमेर (Age) आउनेछ ।
७.स्थायी ठेगाना (Permanet Adress) भर्नुुहोस् ।
८.यदि स्थायी र अस्थायी ठेगाना एकै भए Same As Permanent मा चेक मार्क गर्नुुहोस् ।
९.आफूले दरखास्त दिन लागेको वर्ग छान्नुहोस् ( हाललाई A वा K मात्र )
१०. Professional OR Non Professional मा अन्य (others) छान्नुहोस् ।
११.आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्नुहोस् । (हाललाई बागमती )
१२. सो अञ्चल कार्यालयको लाइसेन्स कार्यालय छान्नुहोस् । (हाललाई कुसुन्ती )
१३. याद राख्नुहोस एस्ट्रीक (*) लागेका विवरण अनिवार्य भर्नुुपर्नेछ ।
१४.सबै विवरण भरेपपछि SUBMIT मा क्लिक गर्नुुहोस् ।
१५. Are you sure you want to continue? म्यासेजमा आउँछ, ओके मा क्लिक गर्नुुहोस् ।
१६. आफूले भरेको विवरण पुनः एकपटक चेक गरेर इडिट गरी सच्याउनुहोस् ।
१७. सबै विवरण ठीक भए प्रिन्ट गर्नुहोस् ।

Saturday, December 24, 2016

शाैचालय नभएकाहरूलार्इ नगरपालिकाले दियाे २०दिने अल्टिमेटम

ढल्केवर, पुस १० गते ।
धनुषाकाे मिथिला नगरपालिकाले नगरपालिका भित्र शाैचालय नभएकाहरूलार्इ शाैचालय बनाउन २० दिनकाे अल्टिमेटम दिएकाे छ । यहि पुस १ गते घरघरमा पूगी नगरपालिकाले २० दिनकाे भित्रमा अा अाफ्नाे शाैचालय बनाउन अाग्रह गरेकाे
छ त्यसमा भने अाज १० दिन बितिसकेकाे छ । अल्टिमेटम दिएकाे २० दिन भित्र शाैचालय नबनाएकाे खण्डमा  प्रयाेग गरेकाे खानेपानी, बिधुत र नगरपालिकाबाट पाएकाे सेवा सुविधाहरू बाट वञ्चित पारी दिने समेतकाे नगरपालिकाले चेतावनी दिएकाे छ ।

लाइसेन्सको फाराम आइतबारदेखि अनलाइनबाटै

काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । 
अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो । 

“कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उहाँले भन्नुभयो । 

यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ ।

लोडसेडिङ मुक्त नभई कुनै विकास हुदैन: उर्जामन्त्री शर्मा

सिन्धुली, पुस ९ गते ।
उर्जामन्त्री जनार्दन शर्माले सरकार उज्यालो नेपाल निर्माण गर्न जुटेको बताएका छन्। पुरानै विद्युतभारलाई केहि पारद
र्शिता र पुरानै संरचनालाई व्यवस्थित गर्दा धेरै सहर लोडसेडिङ मुक्त भएको दाबि गरे। सिन्धुली माओवादीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिङगो मन्त्रालय र प्राधिकरण उज्यालो नेपाल बनाउने तर्फ लागेको जनाए।
'अब लोडसेडिङ तालिका आउँदैन', मन्त्री शर्माले भने, 'यो घोषणा होइन ब्यवहारबाटै लागु हुन्छ।लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना बनिसकेको खुलासा गर्दै मन्त्री शर्माले नेपालको पानी र जनताको लगानी भन्ने नारासहित अगाडी बढेको बताए। लोडसेडिङ मुक्त नभई कुनै विकास हुदैन, मन्त्री शर्माले भने समग्र क्षेत्रका विकास गर्नका लागि विद्युत आवश्यकता पर्छ त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेका छौ। काठमाडौं सहरलाई हालै लोडसेडिङ मुक्त बनाएको भएपनि अब पाइसकेको विद्युत कटौती नहुने भएकाले ढुक्क रहन उनले आग्रह गरे।  अहिले पाएको विद्युत कटौती गरिने छैन, विद्युत थप गर्दै सहर तथा गाँउलाई लोडसेडिङ मुक्त गरि उज्यालो नेपाल निर्माण गर्न लागि परेका छौं, उनले थपे।
निर्माणधिन खिम्ती ढल्केबरको काम थोरै भएको र त्यो पुरा भएपछि विद्युतको समस्या अझै हट्ने उनको भनाई छ। खिम्ती ढल्केबरको काम छिटो गर्न समेत निर्देशन दिएको उनले बताए।

पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा कसैलाई हेपेर चेपेर राष्ट्रिय एकता नहुने भन्दै राष्ट्रबाद हुन संविधानले सबैलाई समेट्नुपर्ने भएकाले संसोधन प्रस्ताव अगाडी बढाइएको बताए। विगतमा कांग्रेस र एमालेको सहमती अनुसारनै संविधान संशोधन गर्न प्रस्ताव अगाडी बढाइएको हो, तर प्रतिपक्षले त्यसको विरोध गरेकाले अगाडी बढ्न सकेको छैन', उनले भने।  नेपालमा स्थिरता खाचो छ, त्यसका लागि सबैको एकता चाहिन्छ, माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले भने, संविधान निर्माणको असन्तुष्टि समेट्न संसोधन आवश्यक रहेको उनले प्रष्ट्याए।

Friday, December 23, 2016

नेपाल सद्भावना पार्टीको नाममा फेरि विवाद

काठमाडौं, पुस ९ गते ।
देशमा संघीयताको माग गर्दै स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्वामित्वबारे विवाद हुँदै आएको छ । स्व. सिंहको निधनपछि सद्भावना पार्टी करिब आधा दर्जन पार्टीमा विभाजन भए भने आधिकारिक झण्डा र छापका लागि बार्षौंसम्म सर्वोच्च अदालतमा मुद्दा चलिरह्यो ।
सर्वोच्च अदालतबाट मुद्दा जितेर नेपाल सद्भावना पार्टीकी अध्यक्ष बनेकी सिरता गिरीले अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीसँग एकिकरण गरेपछि झा नेपाल सद्भावना पार्टीका अध्यक्ष छन् । तर एकिकरण भएको छ महिना नबित्दै झा र गिरीबीच विवाद चुलिएको थियो । जनकपुरधाममा महाधिवशन गरेपछि निर्वाचन आयोगले झालाई नेपाल सद्भावना पार्टीको अध्यक्षका रुपमा मान्दै आएको छ ।

तर पछिल्लो पटक गिरीले नेपाल सद्भावना पार्टीकै नाम र छापबाट प्रेस विज्ञप्ति जारी गरेपछि पुनः विवाद सुरु भएको छ । मंसीर १७ गते गिरीले नेपाल सद्भावना पार्टीकै लेटर प्याडमा एक विज्ञप्ति जारी गरेकी छन् । उक्त विज्ञप्तिमा पार्टीको राष्ट्रिय अध्यक्षको रुपमा सरिता गिरीले हस्ताक्षर गरेकी छन् ।

गिरीले लेटर प्याड र छाप दुरुपयोग गरेको भन्दै झा निर्वाचन आयोग पुगेका छन् । झाले निर्वाचन आयोगमा उजुरी गरेपछि आयोगले पुस ७ गते गिरीसँग स्पष्टीकरण माग गरेको थियो । गिरीले झासँगको एकीकरण आफुँलाई मान्य नभएको दाबी गर्दै आएकी छन् । हाल नेपाल सद्भावना पार्टीबाट चोइटिएर करिब आधा दर्जन सद्भावना शब्द जोडिएका पार्टीहरु छन् ।  यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

एमालेको कार्यक्रम मोर्चाद्धारा विथोल्ने प्रयास, झण्डा जलायो (फोटो फिचर)



सिरहा, ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको लहानमा नेकपा एमालेको पार्टी झण्डा जलाएको छ भने कार्यक्रम विथोल्ने प्रयास गरिरहेको छ ।
सिरहाको लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो, तर मोर्चाको चेतावनीपछि ओली आउने कार्यक्रम स्थगित गरिएको छ । ओलीको सट्टामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु आउने स्रोतले जनायो ।
एमाले मधेस विरोधी रहेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने जनाएको छ । लहानस्थित सडकको विभिन्न ठाउँमा झुण्ड्याएको पार्टीको झण्डा मधेसी मोर्चाले हटाएर आगो लगाइदिएका छन् । कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा राखिएको छ । सदनको वरिपरिको झण्डा हटाए मोर्चाको कार्यकर्तालाई नछाड्ने एमाले यूवा नेता कमलदेव यादबले बताए ।
लहान बजारभरी आज विहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । चौक चौकमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले र मधेसी मोर्चाको कार्यकर्ताबीच झण्ड हुन नदिन बाहिरबाट समेत सुरक्षाकर्मी लहान बोलाएको ईप्रका लहानले जनाएको छ ।

एमालेले मधेस, पहाड र हिमालबीच झगडा गरायोः देउवा

काठमाडौं, पुस ८ गते ।

मधेस, पहाड र हिमालको बीचमा अविश्वास पैदा गर्ने काम एमालेले गरेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले आरोप लगाएका छन् । नेकपा एमालेले राजनीतिक निकाससमेत रोकेको उनीहरुले आरोप लगाए ।
पार्टीका जिल्ला कोषाध्यक्षहरुको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘मधेस, पहाड, हिमालको बीचमा झगडा गराउने, अविश्वास पैदा गर्ने कामले अन्ततगत्वा देशमै धेरै ठूलो बिभाजन खडा हुन्छ । राष्ट्रमै धेरै ठूलो अविश्वास पैदा हुन्छ । त्यो काम एमालेबाट भइरहेको छ ।’

संशोधन प्रस्तावमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली स्वयमले हस्ताक्षर गरेको भन्दै उनले भने, ‘यति गर्दा मधेसमा शान्ति हुन्छ, भने हाम्रोलागि राम्रो कुरा यही हो ।’

संसद अवरोध गरेर एमालेले मुलुकलाई निकास दिन नचाहेको र लोकतन्त्रको उपहास गरेको देउवाले आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले उदार बनेर सहमतिमा आउन एमालेलाई आग्रह गरे । संविधान जारी गर्ने समयमा एक भएका कांग्रेस, एमाले र माओवादीले कार्यान्वयनमा पनि एक हुनुपर्ने पौडेलले बताए ।

‘ठूला पार्टीहरु जसले यो संविधान जारी गरेका छन् । यीनीहरुले उदारता देखाउन जरुरी छ, लचकता देखाउन जरुरी छ,’ नेता पौडेलले भने, ‘एमाले यो सविधानको दाबेदार आफूलाई ठान्छ भने यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि हो नि ।’

उनले संविधान कार्यान्वयनमा दलहरुबीच देखिएको बिश्वासको संकटले समुदायहरु पनि विभाजित हुन थालेको उनले टिप्पणी गरे ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले तीन तहको निर्वाचन गर्नका लागि दलहरुबीच एकता अपरिहार्य रहेको भन्दै सहमतिमा आउन एमालेलाई आग्रह गरे ।

वीरगन्ज नाकामा तस्करी: एक पटक प्रज्ञापन, अनेक पटक पैठारी

  वीरगन्ज, ०८ पुस
वीरगन्ज भन्सारबाट निस्किएको ट्रक तस्करीमा संलग्न अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। ‘एक पटक प्रज्ञापनपत्र भरेर समान ल्याउने र भन्सारका केही कर्मचारीलाई मिलाएर सोही प्रज्ञापनमा अनेक पटक सामान भित्र्उने धन्दामा प्रयोग गरिएको प्रमाण सहित ट्रक फेला परेको छ,’ पर्साका प्रहरी उपरीक्षक गोबिन्द कुमार साहले भने, ‘२ वटा ट्रक नियन्त्रणमा लिएकोमध्ये प्रज्ञापनमा उल्लेखितभन्दा बढी र फरक किसिमका सामानहरु एउटाबाट करिब १२ लाख बराबरको बरामद भएको छ, अर्कोको चेक जाँच गरिदैछ।’
प्रहरीले नियन्त्रणमा लिएकोमध्ये ना २ ख ९३५३ नम्बरको ट्रकबाट सारी, लहगाँ, कुर्ता सुरवाल सुट लगायत सामानहरु अबैध रुपमा भित्र्याइएको फेला परेको साहले जनाए । ना ३ ख ६०२० नम्बरको अर्को ट्रकमा प्रहरीले शुक्रवार साँझ ६ बजे चेक जाँच सुरु गरेको छ। दुबै ट्रक सामान लिएर भन्सारबाट निस्केको अवस्थामा प्रहरीले बिहीवार राति नियन्त्रणमा लिएको हो।
साहले अनुसन्धानका लागि ट्रकलाई माल सामान सहित पथलैयास्थित राजश्व अनुसन्धान बिभागको क्षेत्रीय कार्यालय पठाउने बताए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेले प्रहरीले जाँचबुझ गरिरहेको र राजश्व अनुसन्धान कार्यालयमार्फत कारवाही हुने बताए । ‘गलत गर्नेलाई छोड्ने कुरा आउदैन्, त्यसमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउन मैले प्रहरीलाई आग्रह गरेको छुँ’ पोखरेलले भने।

मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई एकै व्यक्तिले दिए ४० लाख

काठमाडौं, ०८ पुस
तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ।
कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट उक्त सहयोग रकम एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि प्रदान गरेको फाउण्डेशनले जनाएको छ।  
फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई जाने खबर पाएपछि सहयोग हस्तान्तरणका लागि आफू दुबै गएको उनको भनाई उदृत गर्दै फाउन्डेशनले जनाएको छ।  
‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन,’ कोइरालाको भनाई उदृत् गर्दै फाउण्डेशनले भनेको छ, ‘त्यसैले तेस्रो नमुना बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’ उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैयाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए।
आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाको भनाई रहेको फाउण्डेशनले जनाएको छ। काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।
यस्तै, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै खुसी मिलेको बताएका छन्। देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफूहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छन्। ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्,’ उनले भनिन्, ‘आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैमा अपिल छ।’ स्राेत ः नागरिक न्यूज 


महोत्तरीका किसानहरु एक सातादेखि आन्दोलनमा , शिवचर्चा सुन्दै चिनीमिलको गेटमा धर्ना

धनवीर महतो-
महोत्तरी, पुस ८ गते ।
विभिन्न ६ सुत्रीय माग राख्दै आन्दोलनस्वरुप धर्नामा बसेका किसानहरुले आज शिवचर्चा सहितको धर्ना कार्यक्रम जारी राखेका छन । महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मुलगेटमा तालाबन्दी गरि धर्नामा बसेको आज सातौदिन किसानहरुले शिवचर्चा सुन्दै  धर्नामा बसेका हुन ।
एक हप्तादेखि चिनीमिलको मुलगेटमा धर्नामा बसेका किसानहरुको माग सुनवाई नभएको भन्दै दवाव स्वरुप स्थानिय शिव मण्डलीद्धारा शिवचर्चा कार्यक्रमको आयोजना गरेको उखु उत्पादक संघ महोत्तरीका अध्यक्ष श्याम साँ शंकरले बताउनुभयो । यस अघि सम्पन्न भएको वार्तामा प्रमुख जिल्ला अधिकारीले सकारात्मक रुपमा प्रस्तुत भएकोले अबको केहीदिनमै आफुहरुको माग पुरा हुने अध्यक्ष शंकरले प्रतिक्रिया दिनुभयो ।  
महोत्तरी उखु उत्पादक संघको अगुवाईमा महोत्तरीको किसानहरु उखुको मुल्य, चलान (उखु आपुर्ति पूर्जी)को व्यवस्था, सडकको मर्मत, प्रदुषणको व्यवस्थित लगायतका ६ सुत्रिय माग राख्दै आन्दोलन स्वरुप धर्ना दिदै आएका छन । गत शनिवारदेखि चिनीमिलको मुलगेटमा तालाबन्दी गरि धर्ना दिदै आएका अहिलेसम्म उनीहरुको माग पूरा हुन सकेको छैन ।

Thursday, December 22, 2016

गठबन्धनले देशैभर अन्तरक्रिया गर्ने

काठमाडौँ, पुस ८ गते ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले संविधान संशोधनबारे जानकारी गराउन देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।  
सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे अन्योल देखिएकाले गठबन्धनले काठमाडौँलगायत देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।  
बिहीबार सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रस्तुत संशोधन प्रस्ताव चाँडोभन्दा चाँडो संसद्मा छलफल गराउन माग पनि गरेको छ ।  सत्तारूढ दलसँग भएको तीनबुँदे सम्झौता अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जन हुनुपर्ने मागसमेत बैठकले गरेको छ । 
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलले सविधान संशोधनबारे दिएको अभिव्यक्तिप्रति गठबन्धनले आपत्ति जनाएको छ ।  राष्ट्रियताको नाममा विपक्षी दलहरूले राष्ट्रिय अखण्डताविरोधी गतिविधि गरिरहेको निष्कर्षसमेत निकालेको महासचिव झाले जानकारी गराउनुभयो ।  बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरूले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कमजोर भएको दाबी गर्नुभयो ।

संशोधनलाई थाँती राखी चुनावः नेता खनाल

जितेन्द्र सिंह
जनकपुरधाम, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले संविधान संशोधन प्रस्तावलाई थांती राखी राष्ट्र निकासको निम्ति तत्कालै चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

जनकपुर विमान स्थलमा विहिवार संचारकर्मीसंग कुराकानी गर्दै नेता खनालले संविधान संशोधन प्रस्तावको औचित्व नदेखिएको दावी गर्दै भने–“संविधान कार्यान्वयन तथा राष्ट्र निकासको लागि सरकारले तत्कालै प्रमुख दलहरुसंग छलफल गरेर चुनावको मिति निर्धारण गर्नुपर्छ ।उनले भने–“चुनाव लोकतन्त्रको मुटु हो । सरकारले चुनावको तयारीको सम्बन्धमा तत्कालै कदम चाल्नुपर्छ । 

एमालेले आफनो स्तरबाट सरकारलाई सहयोग गर्न तयार छ ।संविधान कार्यान्वयनको लागि चुनाव अपरिहार्य छ, उनले भने–“तर छोटो समयमा तीन तहको चुनाव गर्न सम्भव नदेखिएकाले स्थानिय तहको निर्वाचनलाई थांती राखेर भएपनि संविधान कार्यान्वयनको लागि आवश्यक देखिएको अन्य चुनाव गर्न सकिन्छ ।समय अभाव देखिएकाले संविधान कार्यान्वयनसंग सम्बन्धित नदेखिएको स्थानिय तहको निर्वाचन पछि समेत गर्न सकिने उनको कथन थियो ।

संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको तत्काल औचित्य छैन । तर संशोधनको लागि प्रमुख दलहरुबीचमा छलफल चलाइनुपर्छ । राष्ट्र निकासको निम्ति एमाले संविधान अनुसार अगाडि बढन तयार छ, नेता खनालले भने–“संविधान संशोधन प्रस्तावले तराई मधेश एवम मधेशी मोर्चाको मागको सम्वोधन गर्न नसक्ने भएकाले एमाललेले विरोध जनाएको हो ।

संशोधन प्रस्ताव सत्ता पक्षको मनोरंजन तथा व्यायामको विषयमा मात्र हो । उनले भने–“एमाले राष्ट्रलाई टुक्रा गर्ने गरी संघियता बनाउने पक्षमा छैन ।संशोधन प्रस्तावले तराई तथा पहाडलाई टुक्राएकाले एमालेले विरोध जनाएको उनको तर्क थियो ।

संचारकर्मीको एक प्रश्नमा नेता खनालले भने–“सरकारले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव बिगतका समयमा एमालेले सहमति जनाएको प्रस्ताव होइन ।स्राेत ः जनकपुर टुडे

घरमै बसेर लाइसेन्स आवेदन

काठमाडौं ,पुस ८
 लाइसेन्स आवेदनका लागि कार्यालय नपुगी अनलाइनबाटै फारम भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।
सेवाग्राहीको सास्तीलाई ध्यान दिई अनलाइन आवेदन लिने तयारी गरेका हौंविभागका प्रवक्ता टोकराज पाण्डेले भने अर्को साताबाट आवेदन दिन लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।उनका अनुसार आईतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अनलाइन आवेदन प्रणालीको उद्घाटन गरेसँगै लाइसेन्सका लगि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
यसअघि मंसिर १४ गते यातायात व्यवस्था कार्यालय बागमतीको अनुगमनको क्रममा लाइसेन्सका लागि सास्ती देखेपछि मन्त्री लेखकले १० दिनभित्रै व्यवस्था गर्न निर्देशन दिएका थिए ।
अनलाइन आवेदन सुरु भएसँगै कार्यालयमा आवेदनका लागि लाग्ने भीडमा ८० प्रतिशत कमी हुने विभागले जनायो ।

लोकमानलाई एक जनाले अदालत भित्रै दले कालोमोसो

काठमाडौं , पुस ७ गते । 
तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत परिसरमै कालो मोसो दलेका छन् । कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला ती व्यक्तिले कार्कीको एउटा गालामा मोसो दलेका हुन् ।
कार्कीलाई मोसो दलेपछि परिसरमा हल्लाखल्ला भएको थियो। वरिपरिका मानिसहरूले समात समात भनेपछि ती व्यक्ति भाग्न खोजेका थिए। करिब २० मिटर पर पुगेपछि उनलाई अदालतका  प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्दै गर्दा ती व्यक्तिले नेकपा माओवादी जिन्दावाद, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका थिए ।

कार्की उनीविरूद्ध अदालतमा परेको मुद्दाको तारेख बुझ्दै थिए।  म्याद तामेली गर्न अवरोध र्पुयाएको भन्दै अदालतमा परेको रीट निवेदनमा कार्की स्वयम्लाई उपस्थित भएर तारेख बुझ्न अदालतले आदेश दिएको थियो। संयोगबस आजैदेखि अदालतमा कार्कीको नियुक्तिको संवैधानिकताको विषयलाई लिएर सुनुवाई सुरू भएको छ ।