Sunday, April 30, 2017

गृहमन्त्री विमलेन्द्र निधिले दिए राजीनामा

जनकपुरधाम, बैशाख १७ गते ।

गृहमन्त्रीको पद सम्हाल्दै विमलेन्द्र निधिले आफनो पदबाट राजीनामा दिएका छन् । 
आईतबार प्रधानन्यायधिस सुशिला कार्कीलाई महाअभियोग लगाएकोप्रति असन्तुष्टि जनाउँदै निधीले राजीनामा दिएको निकट श्रोतले जनाएको छ ।

यस अघि निधिले विभिन्न समयमा पदबाट राजीनामा दिने भन्दै आएका थिए । 
आईतबार उनले पदबाट अनौपचारिक राजीनामा दिएका हुन् । 

१५ हजार घुससहित गाउँपालिकाका कर्मचारी पक्राउ

जनकपुर, वैशाख १७ गते ।

महोत्तरीको सोनमा गाउँपालिकाका एक कर्मचारीलाई १५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । सोनमा गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका सचिव सुभाष पौडेल सेवाग्राहीबाट सिफारिस वापत लिएको १५ हजार रुपैयाँ  घुससहित आइतबार पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पौडेललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको जनाएको छ । संसदीय विकास कोषबाट सुन्दरपुरमा भएको बाटो मर्मतको रकम निकाशाका लागि वडाबाट लिनुपर्ने सिफारिका लागि सचिव पौडेलले घुस लिएको अख्तियारले जनाएको छ ।  

बाटो मर्मतको काम सकिएपछि सांसदीय विकास कोषबाट रकम निकाशाका लागि जाँदा पौडेलले बिना घुस सिफारिस नगर्ने भनेपछि सेवाग्राहीले अख्तियारको कार्यालयमा निवेदन दिएका थिए । त्यसै अनुरुपप अख्तियारले सेवाग्राहीलाई १५ हजार रुपैयाँ उपलब्ध गराएको र सेवाग्राहीले घुस दिँदै गर्दा अख्तियारले पौडेललाई पक्राउ गरेको हो । उज्यालो अनलाइन

स्पष्ट बहुमत नदेखेपछि सरकारले गर्‍यो संसद बैठक स्थगित

काठमाडौं, बैशाख १७ गते ।

स्पष्ट बहुमत नदेखेपछि सरकारले संसद बैठक स्थगित गरेको छ । ११ बजेका लागि तय गरेको संसदको बैठक शोक प्रस्ताव पारित गरेर संविधान संशोधनको कार्यसूचिमै प्रवेश नगरीकन वैशाख २१ गते बस्नेगरी स्थगित भएको हो । 

सत्तापक्षकै राप्रपाले संविधान संशोधनका पक्षमा मतदान नगर्ने देखेपछि सरकारले संसद बैठक स्थगित गरेको बताइएको छ । संविधान संशोधनका पक्षमा दुई तिहाई पुर्‍याउन सरकार कसरतमा लागेको छ ।

मधेसी मोर्चासँग गरिएको सहमति अनुसार १७ गते संशोधन दर्ता गर्ने र १८ गते फास्टट्रयाकबाट पारित गर्ने योजना भएपनि २१ गतेका लागि लम्बिएको हो । आजको बैठक सिराहा क्षेत्र नम्बर २ का सा‌ंसद नठुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । अन्नपूर्णा पोस्ट