Sunday, December 25, 2016

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

वीरगन्ज, पुष  १० गते ।
 आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’
सुनसरीको झुम्का कारागारबाट ३ महिना अगाडी सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुली मुद्दाको कसुरमा सजाय काटीरहेका रौतहट घर भएका पनिलाल पँडितले अपहरण तथा जिउ बन्धकी मुद्दामा सजाय काटीरहेका वीरगन्जमा राजन बानियालाई छुरा हानेका हुन्। प्रहरी उपरीक्षक साहका अनुसार बानियाको पिठ्युका छुरा रोपिएको घाउ छ । छुरा प्रहार गर्ने पँडित जनतान्त्रिक गोइत समूहको कार्यकर्ता समेत रहेको खुलेको छ।
‘घाउ ठूलो छैन्, गहिरो छ, छुराले करङ्गको हड्डीलाई छोएको छ कि भन्ने डाक्टरहरुको शंका छ,’ प्रहरी उपरीक्षक साहले भने, ‘घाउको प्रकृती गम्भीर देखेर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचारपछि डाक्टरहरुको सल्लाहमा नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा लगिएको छ ।’ सहरमा ठाउँठाउँमा क्रिसमसको रमझम चलिरहँदा जेलभित्र घटना भएको हो। साहले घटनाको अनुसन्धान भइरहेको बताए।
घाइतेका दाजु ललन बानियाले नेशनल मेडिक कलेजका डाक्टरले अवस्था चिन्ताजनक रहेको बताएको जानकारी दिए । ‘पिठ्युको माथिल्लो भागमा गर्धन पछाडी गहिरो खत छ, डाक्टरले नशा काटिएकोले अवस्था चिन्ताजनक बताएका छन्,’ ललनले भने, ‘काठमाडौं लैजान भनेका छन्।

महोत्तरीका असहाय परिवारलाई मधेशी कोरिया समाजले गरे आर्थिक सहयोग

सुरेन्द्र सिंह 
महोत्तरी,पुस १० गते ।
मधेशी कोरिया समाजले आइतवार महोत्तरीको पशुपतिनगरका एक गरिव तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पशुपतिनगर ४ बस्ने करिब ७० वर्षक रामबहादुर महतो , उनका श्रीमती मन्तोरिया देवी र छोरा दुखी महतो वर्षौदेखि घरविहिन भएपछि हाल ऐलानी जग्गामा बसोबास गर्दै आएका छन । परिवारका तीनै जना काम गर्न नसक्ने भएपछि साँँझ विहानको छाँक टार्न समेत समस्या हुन थालेपछि गाउँघरबाट मागेर ल्याएको करिब १२ हजार रुपैया समेत चोरी भएको समाचार संचारमाध्यममा आएपछि मधेशी कोरिया समाजले महतोको घरमै पुगेर आज ३७ हजार रुपैया सहयोग गरेका छन । समाजका कोषाध्यक्ष दिनेश कुमार महतोको नेतृत्वमा आज पशुपतिनगरमै संचालनमा रहेको शुभकामना सहकारी बचत तथा क्रटण सहकारीमा ती दम्पतीको नाममा खाता खोली रकम सहयोग गरेका छन ।
सहयोग हस्तान्तरण कार्यक्रमममा पशुपतिनगरका पूर्व प्रधान नथुनी महतो , मधेशी कोरिया समाजका शंकर कुमार रौनियार, राजनितिक दलक प्रतिनिधी सुरज सिंह, अस्थायी प्रहरी चौक पशुपतिनगर चौलिखाका सई वि.एन यादव, संचारकर्मी , बुद्धिजिवीलगायतको उपस्थिती रहेको थियो ।
सहयोग रकम पाएपछि असहाय मन्तोरिया देवीले आफुहरुलाई अहिलेसम्म यसरी कुनै संघ संस्थाले सहयोग नगरेको तथा गाविसबाट अपाङता तथा बृद्ध भत्तासमेत अहिलेसम्म नपाएको गुनासो गरेका छन । आफुहरुलाई मधेशी कोरिया समाजले आर्थिक सहयोग गरेर ठुलो गुण लगाएको भन्दै खुशी व्यक्त गरेका छन ।

सवारी लाइसेन्सको फर्म अनलाइनबाटै भर्न सकिने, यसरी भर्नुहोस् फाराम

पुस १० गते-
सरकारले आजदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गर्दैछ ।
अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ ।

कसरी भर्ने अनलाइन फाराम ?
१. यातायात व्यवस्था ववभागको वेबसाइट www.dotm.gov.np मा जानुहोस्।
२. वेब साइटको होम पेजमा यातायात व्यवस्था ववभागको चिनारी मुनन रहेको ‘अनलाइन सवारी चालक अनुमनत पत्र’ को लिङ्कमा क्लिक गर्नुहोस।
३. ड्राइभिङ् लाइसेन्स अनलाइन रजिष्ट्रेशनमा क्लिक गर्नुहोस्।
४. त्यस पछि त्यहाँ रहेको Citizenship मा Nepal छानेर proceed मा क्लिक गर्नुुहोस्।
५. आफ्नो व्यक्तिगत विवरण (Demographic Details) भर्नुुहोस्।
६.जन्ममिति Date fo Birth (DOB) छाने पछि आफै उमेर (Age) आउनेछ ।
७.स्थायी ठेगाना (Permanet Adress) भर्नुुहोस् ।
८.यदि स्थायी र अस्थायी ठेगाना एकै भए Same As Permanent मा चेक मार्क गर्नुुहोस् ।
९.आफूले दरखास्त दिन लागेको वर्ग छान्नुहोस् ( हाललाई A वा K मात्र )
१०. Professional OR Non Professional मा अन्य (others) छान्नुहोस् ।
११.आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्नुहोस् । (हाललाई बागमती )
१२. सो अञ्चल कार्यालयको लाइसेन्स कार्यालय छान्नुहोस् । (हाललाई कुसुन्ती )
१३. याद राख्नुहोस एस्ट्रीक (*) लागेका विवरण अनिवार्य भर्नुुपर्नेछ ।
१४.सबै विवरण भरेपपछि SUBMIT मा क्लिक गर्नुुहोस् ।
१५. Are you sure you want to continue? म्यासेजमा आउँछ, ओके मा क्लिक गर्नुुहोस् ।
१६. आफूले भरेको विवरण पुनः एकपटक चेक गरेर इडिट गरी सच्याउनुहोस् ।
१७. सबै विवरण ठीक भए प्रिन्ट गर्नुहोस् ।