माध्यमिक शिक्षा परीक्षा अन्तर्गत आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । पहिलो दिनको परीक्षा धनुषा जिल्लामा शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय धनुषाले जनाएको छ । बिहान ८ बजेबाट शुरु भएको परीक्षा सबा १० बजे सम्म चलेको थियो । परिक्षामा यस बर्ष धनुषामा १२ हजार भन्दा बढी परीक्षार्थी सहभागीता जनाएका छन ।
जिल्ला शिक्षा कार्यालय धनुषाका उप जिल्ला शिक्षा अधिकारी दानीकान्त झाका अनुसार पहिलो पटक आयोजना भएको माध्यमिक शिक्षा परीक्षामा कुल १२ हजार ५ सय २० जना परीक्षार्थी सहभागी भएका छन । उहाँका अनुसार नियमित तर्फ १० हजार ६ सय २२ जना, ग्रेड वृद्धितर्फ १ हजा १ सय १७, एक्जामटेड तर्फ ७ सय २ तथा प्राविधिक तर्फ ७९ जना रहेका छन ।
धनुषामा परीक्षाका लागि जम्मा ४१ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएका छन भने प्रत्येक केन्द्रका लागि एक-एक जना केन्द्राध्यक्ष रहने गरी व्यवस्था मिलाईएको छ ।