जनकपुर, फाल्गुण १० गते ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई मधेशमा स्थानीय चुनाव हुन नदिने घोषणागर्दै आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुरमा विशाल मसाल जुलुस प्रदर्शन गरेका छन् ।
सरकारले स्थानीय चुनाव वैशाख ३१ गते घोषणा गरेलगतै मोर्चाका नेताहरुले पहिलो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै साँझ जनकपुरको भानुचौकबाट मसाल जुलुस निकालिएको हो ।
मोर्चाको नेतृत्वमा भानुचोकबाट निकालिएको मशाल जुलुस जनकपुरको विभिन्न चोक भएर नगर परिक्रमा गरेको छ ।
मोर्चाले घोषणा गरेको संघर्ष कार्यक्रम अनुसार मंगलबार तराई मधेशका सदरमुकामहरुमा मसाल जुलुस र बुधबार मधेश बन्द गर्ने रहेकोछ ।

मोर्चाले बिहिबारदेखि १५दिन सम्म तराईका जिल्लाहरुमा भण्डाफोर कार्यक्रम चलाउने जनाएकोछ ।तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले मन्त्री परिषदको निर्णय सार्वजनिक भएलगतै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । स्राेतःजनकपुर टुडे