Friday, December 23, 2016

नेपाल सद्भावना पार्टीको नाममा फेरि विवाद

काठमाडौं, पुस ९ गते ।
देशमा संघीयताको माग गर्दै स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्वामित्वबारे विवाद हुँदै आएको छ । स्व. सिंहको निधनपछि सद्भावना पार्टी करिब आधा दर्जन पार्टीमा विभाजन भए भने आधिकारिक झण्डा र छापका लागि बार्षौंसम्म सर्वोच्च अदालतमा मुद्दा चलिरह्यो ।
सर्वोच्च अदालतबाट मुद्दा जितेर नेपाल सद्भावना पार्टीकी अध्यक्ष बनेकी सिरता गिरीले अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीसँग एकिकरण गरेपछि झा नेपाल सद्भावना पार्टीका अध्यक्ष छन् । तर एकिकरण भएको छ महिना नबित्दै झा र गिरीबीच विवाद चुलिएको थियो । जनकपुरधाममा महाधिवशन गरेपछि निर्वाचन आयोगले झालाई नेपाल सद्भावना पार्टीको अध्यक्षका रुपमा मान्दै आएको छ ।

तर पछिल्लो पटक गिरीले नेपाल सद्भावना पार्टीकै नाम र छापबाट प्रेस विज्ञप्ति जारी गरेपछि पुनः विवाद सुरु भएको छ । मंसीर १७ गते गिरीले नेपाल सद्भावना पार्टीकै लेटर प्याडमा एक विज्ञप्ति जारी गरेकी छन् । उक्त विज्ञप्तिमा पार्टीको राष्ट्रिय अध्यक्षको रुपमा सरिता गिरीले हस्ताक्षर गरेकी छन् ।

गिरीले लेटर प्याड र छाप दुरुपयोग गरेको भन्दै झा निर्वाचन आयोग पुगेका छन् । झाले निर्वाचन आयोगमा उजुरी गरेपछि आयोगले पुस ७ गते गिरीसँग स्पष्टीकरण माग गरेको थियो । गिरीले झासँगको एकीकरण आफुँलाई मान्य नभएको दाबी गर्दै आएकी छन् । हाल नेपाल सद्भावना पार्टीबाट चोइटिएर करिब आधा दर्जन सद्भावना शब्द जोडिएका पार्टीहरु छन् ।  यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

एमालेको कार्यक्रम मोर्चाद्धारा विथोल्ने प्रयास, झण्डा जलायो (फोटो फिचर)



सिरहा, ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको लहानमा नेकपा एमालेको पार्टी झण्डा जलाएको छ भने कार्यक्रम विथोल्ने प्रयास गरिरहेको छ ।
सिरहाको लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो, तर मोर्चाको चेतावनीपछि ओली आउने कार्यक्रम स्थगित गरिएको छ । ओलीको सट्टामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु आउने स्रोतले जनायो ।
एमाले मधेस विरोधी रहेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने जनाएको छ । लहानस्थित सडकको विभिन्न ठाउँमा झुण्ड्याएको पार्टीको झण्डा मधेसी मोर्चाले हटाएर आगो लगाइदिएका छन् । कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा राखिएको छ । सदनको वरिपरिको झण्डा हटाए मोर्चाको कार्यकर्तालाई नछाड्ने एमाले यूवा नेता कमलदेव यादबले बताए ।
लहान बजारभरी आज विहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । चौक चौकमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले र मधेसी मोर्चाको कार्यकर्ताबीच झण्ड हुन नदिन बाहिरबाट समेत सुरक्षाकर्मी लहान बोलाएको ईप्रका लहानले जनाएको छ ।

एमालेले मधेस, पहाड र हिमालबीच झगडा गरायोः देउवा

काठमाडौं, पुस ८ गते ।

मधेस, पहाड र हिमालको बीचमा अविश्वास पैदा गर्ने काम एमालेले गरेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले आरोप लगाएका छन् । नेकपा एमालेले राजनीतिक निकाससमेत रोकेको उनीहरुले आरोप लगाए ।
पार्टीका जिल्ला कोषाध्यक्षहरुको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘मधेस, पहाड, हिमालको बीचमा झगडा गराउने, अविश्वास पैदा गर्ने कामले अन्ततगत्वा देशमै धेरै ठूलो बिभाजन खडा हुन्छ । राष्ट्रमै धेरै ठूलो अविश्वास पैदा हुन्छ । त्यो काम एमालेबाट भइरहेको छ ।’

संशोधन प्रस्तावमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली स्वयमले हस्ताक्षर गरेको भन्दै उनले भने, ‘यति गर्दा मधेसमा शान्ति हुन्छ, भने हाम्रोलागि राम्रो कुरा यही हो ।’

संसद अवरोध गरेर एमालेले मुलुकलाई निकास दिन नचाहेको र लोकतन्त्रको उपहास गरेको देउवाले आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले उदार बनेर सहमतिमा आउन एमालेलाई आग्रह गरे । संविधान जारी गर्ने समयमा एक भएका कांग्रेस, एमाले र माओवादीले कार्यान्वयनमा पनि एक हुनुपर्ने पौडेलले बताए ।

‘ठूला पार्टीहरु जसले यो संविधान जारी गरेका छन् । यीनीहरुले उदारता देखाउन जरुरी छ, लचकता देखाउन जरुरी छ,’ नेता पौडेलले भने, ‘एमाले यो सविधानको दाबेदार आफूलाई ठान्छ भने यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि हो नि ।’

उनले संविधान कार्यान्वयनमा दलहरुबीच देखिएको बिश्वासको संकटले समुदायहरु पनि विभाजित हुन थालेको उनले टिप्पणी गरे ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले तीन तहको निर्वाचन गर्नका लागि दलहरुबीच एकता अपरिहार्य रहेको भन्दै सहमतिमा आउन एमालेलाई आग्रह गरे ।

वीरगन्ज नाकामा तस्करी: एक पटक प्रज्ञापन, अनेक पटक पैठारी

  वीरगन्ज, ०८ पुस
वीरगन्ज भन्सारबाट निस्किएको ट्रक तस्करीमा संलग्न अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। ‘एक पटक प्रज्ञापनपत्र भरेर समान ल्याउने र भन्सारका केही कर्मचारीलाई मिलाएर सोही प्रज्ञापनमा अनेक पटक सामान भित्र्उने धन्दामा प्रयोग गरिएको प्रमाण सहित ट्रक फेला परेको छ,’ पर्साका प्रहरी उपरीक्षक गोबिन्द कुमार साहले भने, ‘२ वटा ट्रक नियन्त्रणमा लिएकोमध्ये प्रज्ञापनमा उल्लेखितभन्दा बढी र फरक किसिमका सामानहरु एउटाबाट करिब १२ लाख बराबरको बरामद भएको छ, अर्कोको चेक जाँच गरिदैछ।’
प्रहरीले नियन्त्रणमा लिएकोमध्ये ना २ ख ९३५३ नम्बरको ट्रकबाट सारी, लहगाँ, कुर्ता सुरवाल सुट लगायत सामानहरु अबैध रुपमा भित्र्याइएको फेला परेको साहले जनाए । ना ३ ख ६०२० नम्बरको अर्को ट्रकमा प्रहरीले शुक्रवार साँझ ६ बजे चेक जाँच सुरु गरेको छ। दुबै ट्रक सामान लिएर भन्सारबाट निस्केको अवस्थामा प्रहरीले बिहीवार राति नियन्त्रणमा लिएको हो।
साहले अनुसन्धानका लागि ट्रकलाई माल सामान सहित पथलैयास्थित राजश्व अनुसन्धान बिभागको क्षेत्रीय कार्यालय पठाउने बताए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेले प्रहरीले जाँचबुझ गरिरहेको र राजश्व अनुसन्धान कार्यालयमार्फत कारवाही हुने बताए । ‘गलत गर्नेलाई छोड्ने कुरा आउदैन्, त्यसमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउन मैले प्रहरीलाई आग्रह गरेको छुँ’ पोखरेलले भने।

मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई एकै व्यक्तिले दिए ४० लाख

काठमाडौं, ०८ पुस
तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ।
कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट उक्त सहयोग रकम एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि प्रदान गरेको फाउण्डेशनले जनाएको छ।  
फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई जाने खबर पाएपछि सहयोग हस्तान्तरणका लागि आफू दुबै गएको उनको भनाई उदृत गर्दै फाउन्डेशनले जनाएको छ।  
‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन,’ कोइरालाको भनाई उदृत् गर्दै फाउण्डेशनले भनेको छ, ‘त्यसैले तेस्रो नमुना बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’ उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैयाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए।
आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाको भनाई रहेको फाउण्डेशनले जनाएको छ। काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।
यस्तै, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै खुसी मिलेको बताएका छन्। देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफूहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छन्। ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्,’ उनले भनिन्, ‘आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैमा अपिल छ।’ स्राेत ः नागरिक न्यूज 


महोत्तरीका किसानहरु एक सातादेखि आन्दोलनमा , शिवचर्चा सुन्दै चिनीमिलको गेटमा धर्ना

धनवीर महतो-
महोत्तरी, पुस ८ गते ।
विभिन्न ६ सुत्रीय माग राख्दै आन्दोलनस्वरुप धर्नामा बसेका किसानहरुले आज शिवचर्चा सहितको धर्ना कार्यक्रम जारी राखेका छन । महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मुलगेटमा तालाबन्दी गरि धर्नामा बसेको आज सातौदिन किसानहरुले शिवचर्चा सुन्दै  धर्नामा बसेका हुन ।
एक हप्तादेखि चिनीमिलको मुलगेटमा धर्नामा बसेका किसानहरुको माग सुनवाई नभएको भन्दै दवाव स्वरुप स्थानिय शिव मण्डलीद्धारा शिवचर्चा कार्यक्रमको आयोजना गरेको उखु उत्पादक संघ महोत्तरीका अध्यक्ष श्याम साँ शंकरले बताउनुभयो । यस अघि सम्पन्न भएको वार्तामा प्रमुख जिल्ला अधिकारीले सकारात्मक रुपमा प्रस्तुत भएकोले अबको केहीदिनमै आफुहरुको माग पुरा हुने अध्यक्ष शंकरले प्रतिक्रिया दिनुभयो ।  
महोत्तरी उखु उत्पादक संघको अगुवाईमा महोत्तरीको किसानहरु उखुको मुल्य, चलान (उखु आपुर्ति पूर्जी)को व्यवस्था, सडकको मर्मत, प्रदुषणको व्यवस्थित लगायतका ६ सुत्रिय माग राख्दै आन्दोलन स्वरुप धर्ना दिदै आएका छन । गत शनिवारदेखि चिनीमिलको मुलगेटमा तालाबन्दी गरि धर्ना दिदै आएका अहिलेसम्म उनीहरुको माग पूरा हुन सकेको छैन ।