Saturday, December 31, 2016

धनुषामा बहुद्देश्य बहुमुखी सहकारी संघ गठन

विजय कु. सिंह 
ढल्केवर,पुस १६ गते 

बहुद्देश्य सहकारीहरुको संगठन जिल्ला बहुद्देश्य बहुमुखी संघ धनुषामा श्री शिवगुरु बहुद्देश्य सहकारीको अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्य समिति गठन भएको छ । 
ढल्केवरस्थित रातो लालीगुरास सहकारीको सभाकक्ष हलमा सम्पन्न जिल्ला भेलामा नेपाल बहुद्देश्य सहकारी संघ लिंको केन्द्रिय सदस्य तुलसी प्रसाद सापकोटाको प्रमुख आतिथ्य र सोनाबती देवी महतोको अध्यक्षतामा सो भेला सम्पन्न भएको छ । गठित समितिको उपाध्यक्षमा राम बाबु कडारी, निरा सापकोटा, कोषध्यक्ष्मा सुनिता देवी महतो, सचिवमा माधवी आले र सदस्यहरुमा लिलम सिंह, विन्दा सिलवाल, भवानी थापा, सन्जु खाती रहेका छन् । 
कार्यक्रममा धनुषा पत्रकार महासंघका सदस्य विनोद महतो, राम प्रताप महतो, सुनिता देवी महतो लगायत संचारकर्मीहरुका साथै धनुषाको विभिन्न बहुद्देश्य सहकारीहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।