Monday, December 26, 2016

सरकारले तोक्यो उखुको मूल्य

काठमाडौं, पुस ११ – सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ तोकेको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय, उखु किसान र चिनी उद्योगीबिचको संयुक्त बैठकमा उखुको मुल्य तोकिएको हो । 
यसअघि किसानले उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैयाँ माग मागेका थिए उद्योगीले प्रति क्विन्टल ५ सय १३ रुपैयाँ भन्दा बढी दिन नसक्ने अडान राखेका थिए । त्यसमा सहमति नभएपछि किसान र उद्योगीले मूल्य निर्धारण गर्न सरकार गुहारेका थिए । सरकारले दुवै पक्षको अडानमा मध्यमार्गी बाटो अपनाएर प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ मूल्य तोकिदिएको हो । 
पोहोर किसानले प्रति क्विन्टल ४ सय ४८ रुपैयाँ मात्र पाएका थिए । तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, रौतहट, बारा, पर्सा, नबलपरासी, रुपन्देही लगायत जिल्लाका लाखौं किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । मूल्य निर्धारणसँगै अब चिनी उद्योग सञ्चालनमा आउने छन् भने किसानले पनि उखु काट्न सुरु गर्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिनुभयो । 

रामसपा काे क्षेत्रीय कार्य समिति गठन


विजय कु सिंह
ढल्केवर, पुस ११ गते ।

शरत सिंह भण्डारी नेतृत्वकाे राष्ट्रिय मधेश समाजवादी पार्टी धनुषा क्षेत्र नं ७ मा जगदेव महताे काे अध्यक्षतामा १३ सदस्य क्षेत्रीय कार्य समितिगठन गरेकाे छ ।अाज ढल्केवरमा जगदेव महताेकाे अध्यक्षता र जिल्ला सभापती देव कृष्ण मण्डलकाे प्रमुख अातिथ्यमा समिति गठन गरेकाे छ । गठित समितिमा जगदेव महताे अध्यक्ष, राम सेवक महताे उपाध्यक्ष, अाशा देवि पासवान काेषाध्यक्ष, भाेला महताे सचिव र सदस्यहरूमा राम किशाेर महताे, राम चन्द्र महताे, राम विलास साह, राम बाबु महताे, राधा देवि महताे, रवि महताे, सुरेन्द्र महताे, अनवर अली, राम उदगार महताे रहेकाे छ ।