काठमाण्डौ, १३ पुस । विषेश अदालतमा मुद्दा
खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतो निलम्बनमा परेका छन । धनुषा आउनुअघि
सिरहा जिल्लामा गरेको आर्थिक अनियमितताको आरोपमा उनी सोमबार निलम्बनमा परेका हुन ।
शिक्षक सरुवा, दरबन्दी मिलान, प्रअ नियुक्त लगायतमा एक करोड ५०
लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोप महतोमाथि लगाइएको छ ।
उनी भ्रष्टाचारको आरोपमा
अख्तियारबाट निलम्बन परेका छन् । ०७२ असोज ६ गतेदेखि ०७३ असोज १६ सम्म उनी सिराहका
जिल्ला शिक्षा अधिकारी थिए ।
धनुषामा हाजिर भएपनि जिशिअ महतो
नियमित रुपमा कार्यालय बसेका छैनन ।
धनुषा आएको तीन महिना भइसक्दा ६ दिन पनि कार्यालयमा नबसेको एक जना कर्मचारीले बताए । केही दिनदेखि उनी तनाबमा रहदै आएको ती कर्मचारीले थपे । स्राेत ः जनकपुर टुडे
धनुषा आएको तीन महिना भइसक्दा ६ दिन पनि कार्यालयमा नबसेको एक जना कर्मचारीले बताए । केही दिनदेखि उनी तनाबमा रहदै आएको ती कर्मचारीले थपे । स्राेत ः जनकपुर टुडे