ढल्केवर, पुस १० गते ।
धनुषाकाे मिथिला नगरपालिकाले नगरपालिका भित्र शाैचालय नभएकाहरूलार्इ शाैचालय बनाउन २० दिनकाे अल्टिमेटम दिएकाे छ । यहि पुस १ गते घरघरमा पूगी नगरपालिकाले २० दिनकाे भित्रमा अा अाफ्नाे शाैचालय बनाउन अाग्रह गरेकाे
छ त्यसमा भने अाज १० दिन बितिसकेकाे छ । अल्टिमेटम दिएकाे २० दिन भित्र शाैचालय नबनाएकाे खण्डमा प्रयाेग गरेकाे खानेपानी, बिधुत र नगरपालिकाबाट पाएकाे सेवा सुविधाहरू बाट वञ्चित पारी दिने समेतकाे नगरपालिकाले चेतावनी दिएकाे छ ।
Saturday, December 24, 2016
लाइसेन्सको फाराम आइतबारदेखि अनलाइनबाटै
काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ ।
अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
“कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उहाँले भन्नुभयो ।
यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ ।

लोडसेडिङ मुक्त नभई कुनै विकास हुदैन: उर्जामन्त्री शर्मा
सिन्धुली, पुस ९ गते ।
उर्जामन्त्री जनार्दन शर्माले सरकार उज्यालो नेपाल निर्माण गर्न
जुटेको बताएका छन्। पुरानै विद्युतभारलाई केहि पारद
र्शिता र पुरानै संरचनालाई
व्यवस्थित गर्दा धेरै सहर लोडसेडिङ मुक्त भएको दाबि गरे। सिन्धुली माओवादीले
आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिङगो मन्त्रालय र प्राधिकरण उज्यालो नेपाल
बनाउने तर्फ लागेको जनाए।
'अब लोडसेडिङ तालिका आउँदैन', मन्त्री शर्माले भने, 'यो घोषणा होइन ब्यवहारबाटै लागु
हुन्छ।’
लोडसेडिङ
अन्त्य गर्ने कार्ययोजना बनिसकेको खुलासा गर्दै मन्त्री शर्माले नेपालको पानी र
जनताको लगानी भन्ने नारासहित अगाडी बढेको बताए। लोडसेडिङ मुक्त नभई कुनै विकास
हुदैन,
मन्त्री
शर्माले भने समग्र क्षेत्रका विकास गर्नका लागि विद्युत आवश्यकता पर्छ त्यसैले
यसलाई पहिलो प्राथमिकतामा राखेका छौ। काठमाडौं सहरलाई हालै लोडसेडिङ मुक्त बनाएको
भएपनि अब पाइसकेको विद्युत कटौती नहुने भएकाले ढुक्क रहन उनले आग्रह गरे। अहिले पाएको विद्युत कटौती गरिने छैन, विद्युत थप गर्दै सहर तथा गाँउलाई
लोडसेडिङ मुक्त गरि उज्यालो नेपाल निर्माण गर्न लागि परेका छौं, उनले थपे।
निर्माणधिन खिम्ती ढल्केबरको काम थोरै
भएको र त्यो पुरा भएपछि विद्युतको समस्या अझै हट्ने उनको भनाई छ। खिम्ती ढल्केबरको
काम छिटो गर्न समेत निर्देशन दिएको उनले बताए।
पत्रकार सम्मेलनमा उनले संविधान
संशोधनको विषयमा कसैलाई हेपेर चेपेर राष्ट्रिय एकता नहुने भन्दै राष्ट्रबाद हुन
संविधानले सबैलाई समेट्नुपर्ने भएकाले संसोधन प्रस्ताव अगाडी बढाइएको बताए। विगतमा
कांग्रेस र एमालेको सहमती अनुसारनै संविधान संशोधन गर्न प्रस्ताव अगाडी बढाइएको हो, तर प्रतिपक्षले त्यसको विरोध गरेकाले
अगाडी बढ्न सकेको छैन',
उनले भने। नेपालमा स्थिरता खाचो छ, त्यसका लागि सबैको एकता चाहिन्छ, माओवादी केन्द्रका नेता समेत रहेका
मन्त्री शर्माले भने,
संविधान
निर्माणको असन्तुष्टि समेट्न संसोधन आवश्यक रहेको उनले प्रष्ट्याए।
Subscribe to:
Posts (Atom)