Sunday, December 25, 2016

महोत्तरीका असहाय परिवारलाई मधेशी कोरिया समाजले गरे आर्थिक सहयोग

सुरेन्द्र सिंह 
महोत्तरी,पुस १० गते ।
मधेशी कोरिया समाजले आइतवार महोत्तरीको पशुपतिनगरका एक गरिव तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पशुपतिनगर ४ बस्ने करिब ७० वर्षक रामबहादुर महतो , उनका श्रीमती मन्तोरिया देवी र छोरा दुखी महतो वर्षौदेखि घरविहिन भएपछि हाल ऐलानी जग्गामा बसोबास गर्दै आएका छन । परिवारका तीनै जना काम गर्न नसक्ने भएपछि साँँझ विहानको छाँक टार्न समेत समस्या हुन थालेपछि गाउँघरबाट मागेर ल्याएको करिब १२ हजार रुपैया समेत चोरी भएको समाचार संचारमाध्यममा आएपछि मधेशी कोरिया समाजले महतोको घरमै पुगेर आज ३७ हजार रुपैया सहयोग गरेका छन । समाजका कोषाध्यक्ष दिनेश कुमार महतोको नेतृत्वमा आज पशुपतिनगरमै संचालनमा रहेको शुभकामना सहकारी बचत तथा क्रटण सहकारीमा ती दम्पतीको नाममा खाता खोली रकम सहयोग गरेका छन ।
सहयोग हस्तान्तरण कार्यक्रमममा पशुपतिनगरका पूर्व प्रधान नथुनी महतो , मधेशी कोरिया समाजका शंकर कुमार रौनियार, राजनितिक दलक प्रतिनिधी सुरज सिंह, अस्थायी प्रहरी चौक पशुपतिनगर चौलिखाका सई वि.एन यादव, संचारकर्मी , बुद्धिजिवीलगायतको उपस्थिती रहेको थियो ।
सहयोग रकम पाएपछि असहाय मन्तोरिया देवीले आफुहरुलाई अहिलेसम्म यसरी कुनै संघ संस्थाले सहयोग नगरेको तथा गाविसबाट अपाङता तथा बृद्ध भत्तासमेत अहिलेसम्म नपाएको गुनासो गरेका छन । आफुहरुलाई मधेशी कोरिया समाजले आर्थिक सहयोग गरेर ठुलो गुण लगाएको भन्दै खुशी व्यक्त गरेका छन ।

No comments:

Post a Comment