सप्तरी, २० फाल्गुन । सप्तरीको राजविराजमा शुक्रबार मधेसी मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका छन् ।
राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेका बेला एमाले नेता चौधरीलाई कालोमोसो दलेका हुन् । उनलाई मालोमोसो दलेपछि नजिकै रहेका एमाले जिल्ला सचिव शम्भु यादबलगायतका अन्य नेताहरु भागे ।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमाले नेता चौधरीलाई मधेसी जनताले कालोमोसो दलेको बताए । उनले भने– एमालेबिरुद्ध मधेसी जनता आक्रोशित छन् । तर यस्तो अवस्थामा मेची–अभियान चलाउन प्रसार प्रचार गर्दा चौधरीलाई कालोमोसो दलेको हो ।
यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो । अभियानको बारेमा एमाले कार्यकर्ताहरुले पर्चा बितरण गरिरहेको समयमा शुक्रबार साँझ मोर्चा र एमाले कार्यकर्ताबीच झडप भएको थियो । समयमै प्रहरी पुगेका कारण कुनै अप्रिय घटना भएन । स्राेतः मधेश लाइव डट कम