Monday, January 9, 2017

फाेहरमैलाकाे व्यवस्थापन नहुँदा ढल्केबर 'डष्टविन' मा परिर्वतन हुँदै

बिजय कुमार सिंह
ढल्केबर, पुस २५ गते ।

मिथिला नगरपालिकाले सार्वजानिक शाैचालय र फाेहरमैला व्यवस्थापन नगरेकाे कारण ढल्केबरले 'डष्टविन' काे रूप लिएकाे छ । जताततै दिशा-पिशाब, फाेहर मैला जस्ता कचराहरूकाे कारण ढल्केबर नै दुर्गन्धित बनेकाे छ ।
यात्रुहरूकाे अत्याधिक चाप हुने ढल्केबरमा सार्बजानिक शाैचालय र फाेहर मैला व्यवस्थापन हुन नसक्नुमा नगरपालिकाकाे मुख्य कमजाेरी रहेकाे स्थानियहरूकाे गुनासाे छ ।  यात्रुहरूले दिनदहाडै जताततै दिशा-पिशाब र  चाउचाउ बिस्कुटहरू खाएर बिच सडकमै जथाभावी फालिएकाे प्लाष्टिकहरू प्रसस्तै देखिन्छ । रात्री बसहरूकाे यात्रुहरूले गरेकाे जताततै दिशा-पिशाबका कारण स्थानिय पैदलयात्रीहरू नाकमुख छाेपेर हिड्न बाध्य भएका छन् ।
फाेहर मैला व्यवस्थापन गर्ने काम नगरपालिकाकाे भएतापनि  नगरपालिकाकाे उदासिन्ताकाे कारण यस्ताे समस्या झेल्नु परेकाे स्थानिय राम बाबु महताेकाे अाराेप छ । नगरपालिकामा फाेहर व्यवस्थापन गर्न टिपर, ट्याक्टरहरूकाे व्यवस्था हुदाहुदै पनि नगरपालिकाकाे लापरबाहीका कारण व्यवस्थित हुन सकेकाे छैन ।
यस्तै बिच चाैकमा एउटा सार्वजानिक शाैचालय निर्माण कार्य शुरू भएकाे दुर्इ बर्षभन्दा बढि भर्इसक्दा पनि अहिले सम्म शाैचालयले भने पुर्णता पाउन सकेकाे छैन । यता, सार्बजानिक शाैचालयकाे निकै अभाव भएकाेले छिट्टै पहल गरेर चैत्र मसान्त भित्रै शाैचालय सञ्चालनमा ल्याउने सार्बजानिक शाैचालय निर्माण उपभाेक्ता उपसमितिका सचिव राम कुमार महताेले बताए ।