Thursday, March 2, 2017

होलीपछि मधेशमा भिषण आन्दोलन गर्ने माेर्चाकाे तयारी

काठमाडौं, १९ फाल्गुन । स्थानीय तह चुनावको मिति घोषणा भएपछि आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले होलीपछि मात्र दोस्रो चरणको भिषण आन्दोलन घोषणा गर्ने भएको छ ।
सरकारले आगामी बैशाख ३१ गते गर्ने भनेको स्थानीय तहको निर्वाचन जसरी भए पनि तराई मधेसमा हुन नदिने उद्देश्यले मोर्चाले अहिलेदेखि नै आन्दोलनको तयारी थालेको हो । त्यसका लागि मधेसी मोर्चामा आबद्ध दलले आन्तरिक छलफल सुरु गरिसकेका छन् ।
होलीपछि तराई मधेस बन्द, हड्ताल र आवश्यक परेमा नाकाबन्दी लगायतका कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।
आन्तरिक छलफलपछि एकदुई दिनमा बस्ने मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । स्राेतः मधेश लाइव डट कम