काठमाडौँ, पुस ८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले संविधान संशोधनबारे जानकारी गराउन देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे अन्योल देखिएकाले गठबन्धनले काठमाडौँलगायत देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
बिहीबार सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रस्तुत संशोधन प्रस्ताव चाँडोभन्दा चाँडो संसद्मा छलफल गराउन माग पनि गरेको छ । सत्तारूढ दलसँग भएको तीनबुँदे सम्झौता अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जन हुनुपर्ने मागसमेत बैठकले गरेको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलले सविधान संशोधनबारे दिएको अभिव्यक्तिप्रति गठबन्धनले आपत्ति जनाएको छ । राष्ट्रियताको नाममा विपक्षी दलहरूले राष्ट्रिय अखण्डताविरोधी गतिविधि गरिरहेको निष्कर्षसमेत निकालेको महासचिव झाले जानकारी गराउनुभयो । बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरूले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कमजोर भएको दाबी गर्नुभयो ।
Thursday, December 22, 2016
संशोधनलाई थाँती राखी चुनावः नेता खनाल
जितेन्द्र सिंह
जनकपुरधाम, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले संविधान संशोधन प्रस्तावलाई थांती राखी राष्ट्र निकासको निम्ति तत्कालै चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाम, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले संविधान संशोधन प्रस्तावलाई थांती राखी राष्ट्र निकासको निम्ति तत्कालै चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
जनकपुर विमान स्थलमा विहिवार संचारकर्मीसंग
कुराकानी गर्दै नेता खनालले संविधान संशोधन प्रस्तावको औचित्व नदेखिएको दावी गर्दै
भने–“संविधान
कार्यान्वयन तथा राष्ट्र निकासको लागि सरकारले तत्कालै प्रमुख दलहरुसंग छलफल गरेर
चुनावको मिति निर्धारण गर्नुपर्छ ।” उनले भने–“चुनाव लोकतन्त्रको मुटु हो । सरकारले चुनावको
तयारीको सम्बन्धमा तत्कालै कदम चाल्नुपर्छ ।
एमालेले आफनो स्तरबाट सरकारलाई सहयोग गर्न तयार
छ ।” संविधान
कार्यान्वयनको लागि चुनाव अपरिहार्य छ, उनले भने–“तर छोटो समयमा तीन तहको चुनाव गर्न सम्भव
नदेखिएकाले स्थानिय तहको निर्वाचनलाई थांती राखेर भएपनि संविधान कार्यान्वयनको
लागि आवश्यक देखिएको अन्य चुनाव गर्न सकिन्छ ।” समय अभाव देखिएकाले संविधान कार्यान्वयनसंग
सम्बन्धित नदेखिएको स्थानिय तहको निर्वाचन पछि समेत गर्न सकिने उनको कथन थियो ।
संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको
तत्काल औचित्य छैन । तर संशोधनको लागि प्रमुख दलहरुबीचमा छलफल चलाइनुपर्छ ।
राष्ट्र निकासको निम्ति एमाले संविधान अनुसार अगाडि बढन तयार छ, नेता खनालले भने–“संविधान संशोधन प्रस्तावले तराई मधेश एवम मधेशी
मोर्चाको मागको सम्वोधन गर्न नसक्ने भएकाले एमाललेले विरोध जनाएको हो ।”
संशोधन प्रस्ताव सत्ता पक्षको मनोरंजन तथा
व्यायामको विषयमा मात्र हो । उनले भने–“एमाले राष्ट्रलाई टुक्रा गर्ने गरी संघियता
बनाउने पक्षमा छैन ।” संशोधन
प्रस्तावले तराई तथा पहाडलाई टुक्राएकाले एमालेले विरोध जनाएको उनको तर्क थियो ।
संचारकर्मीको एक प्रश्नमा नेता खनालले भने–“सरकारले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव
बिगतका समयमा एमालेले सहमति जनाएको प्रस्ताव होइन ।” स्राेत ः जनकपुर टुडे
घरमै बसेर लाइसेन्स आवेदन
काठमाडौं ,पुस ८
लाइसेन्स आवेदनका लागि कार्यालय नपुगी अनलाइनबाटै
फारम भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको आजको नागरिक दैनिकमा खबर छ ।
‘सेवाग्राहीको सास्तीलाई ध्यान दिई अनलाइन आवेदन
लिने तयारी गरेका हौं’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने ‘अर्को साताबाट आवेदन
दिन लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।’ उनका अनुसार आईतबार भौतिक पूर्वाधार तथा
यातायातमन्त्री रमेश लेखकले अनलाइन आवेदन प्रणालीको उद्घाटन गरेसँगै लाइसेन्सका
लगि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
यसअघि मंसिर १४ गते यातायात व्यवस्था कार्यालय बागमतीको अनुगमनको क्रममा लाइसेन्सका लागि सास्ती देखेपछि मन्त्री लेखकले १० दिनभित्रै व्यवस्था गर्न निर्देशन दिएका थिए ।
अनलाइन आवेदन सुरु भएसँगै कार्यालयमा आवेदनका लागि लाग्ने भीडमा ८० प्रतिशत कमी हुने विभागले जनायो ।
यसअघि मंसिर १४ गते यातायात व्यवस्था कार्यालय बागमतीको अनुगमनको क्रममा लाइसेन्सका लागि सास्ती देखेपछि मन्त्री लेखकले १० दिनभित्रै व्यवस्था गर्न निर्देशन दिएका थिए ।
अनलाइन आवेदन सुरु भएसँगै कार्यालयमा आवेदनका लागि लाग्ने भीडमा ८० प्रतिशत कमी हुने विभागले जनायो ।
लोकमानलाई एक जनाले अदालत भित्रै दले कालोमोसो
काठमाडौं
, पुस ७ गते
।
तारेख
बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत
परिसरमै कालो मोसो दलेका छन् । कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला
ती व्यक्तिले कार्कीको एउटा गालामा मोसो दलेका हुन् ।
कार्कीलाई
मोसो दलेपछि परिसरमा हल्लाखल्ला भएको थियो। वरिपरिका मानिसहरूले समात समात भनेपछि
ती व्यक्ति भाग्न खोजेका थिए। करिब २० मिटर पर पुगेपछि उनलाई अदालतका
प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्दै गर्दा ती व्यक्तिले नेकपा माओवादी
जिन्दावाद, हत्यारा र
भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका थिए ।
कार्की
उनीविरूद्ध अदालतमा परेको मुद्दाको तारेख बुझ्दै थिए। म्याद तामेली गर्न
अवरोध र्पुयाएको भन्दै अदालतमा परेको रीट निवेदनमा कार्की स्वयम्लाई उपस्थित भएर
तारेख बुझ्न अदालतले आदेश दिएको थियो। संयोगबस आजैदेखि अदालतमा कार्कीको
नियुक्तिको संवैधानिकताको विषयलाई लिएर सुनुवाई सुरू भएको छ ।
Subscribe to:
Posts (Atom)