Thursday, December 22, 2016

संशोधनलाई थाँती राखी चुनावः नेता खनाल

जितेन्द्र सिंह
जनकपुरधाम, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले संविधान संशोधन प्रस्तावलाई थांती राखी राष्ट्र निकासको निम्ति तत्कालै चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

जनकपुर विमान स्थलमा विहिवार संचारकर्मीसंग कुराकानी गर्दै नेता खनालले संविधान संशोधन प्रस्तावको औचित्व नदेखिएको दावी गर्दै भने–“संविधान कार्यान्वयन तथा राष्ट्र निकासको लागि सरकारले तत्कालै प्रमुख दलहरुसंग छलफल गरेर चुनावको मिति निर्धारण गर्नुपर्छ ।उनले भने–“चुनाव लोकतन्त्रको मुटु हो । सरकारले चुनावको तयारीको सम्बन्धमा तत्कालै कदम चाल्नुपर्छ । 

एमालेले आफनो स्तरबाट सरकारलाई सहयोग गर्न तयार छ ।संविधान कार्यान्वयनको लागि चुनाव अपरिहार्य छ, उनले भने–“तर छोटो समयमा तीन तहको चुनाव गर्न सम्भव नदेखिएकाले स्थानिय तहको निर्वाचनलाई थांती राखेर भएपनि संविधान कार्यान्वयनको लागि आवश्यक देखिएको अन्य चुनाव गर्न सकिन्छ ।समय अभाव देखिएकाले संविधान कार्यान्वयनसंग सम्बन्धित नदेखिएको स्थानिय तहको निर्वाचन पछि समेत गर्न सकिने उनको कथन थियो ।

संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको तत्काल औचित्य छैन । तर संशोधनको लागि प्रमुख दलहरुबीचमा छलफल चलाइनुपर्छ । राष्ट्र निकासको निम्ति एमाले संविधान अनुसार अगाडि बढन तयार छ, नेता खनालले भने–“संविधान संशोधन प्रस्तावले तराई मधेश एवम मधेशी मोर्चाको मागको सम्वोधन गर्न नसक्ने भएकाले एमाललेले विरोध जनाएको हो ।

संशोधन प्रस्ताव सत्ता पक्षको मनोरंजन तथा व्यायामको विषयमा मात्र हो । उनले भने–“एमाले राष्ट्रलाई टुक्रा गर्ने गरी संघियता बनाउने पक्षमा छैन ।संशोधन प्रस्तावले तराई तथा पहाडलाई टुक्राएकाले एमालेले विरोध जनाएको उनको तर्क थियो ।

संचारकर्मीको एक प्रश्नमा नेता खनालले भने–“सरकारले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव बिगतका समयमा एमालेले सहमति जनाएको प्रस्ताव होइन ।स्राेत ः जनकपुर टुडे

No comments:

Post a Comment