ढल्केवर, पुस २२ गते ।
धनुषामा एक युवक दश दिनदेखि बेपता भएका छन् । मिथिला नगरपालिका-२ नक्टाझिजका १८ बर्षिय इन्द्र कुमार महताे बिगत दश दिनदेखि सम्पर्कविहिन भएकाे पिडित परिवारजनले जनाएकाे छ ।
घरपरिवार पाल्दै अाएका छाेरा बेपता भएपछि महताे परिवारमा अहिले रूवावासी चलेकाे छ । इन्द्रकुमारलार्इ उनकै अाफ्नै केहि साथीले बेपता बनाएकाे परिवारजनकाे अाराेप छ । परिवारका अनुसार यहि पुस ११ गते साँझ अाफ्नै छिमेकी तथा नक्टाझिज-६ का नरेश कुमार यादवले माेवार्इलमा फाेन गरी स्थानिय विश्वकर्मा चाैकमा इन्द्रकुमारलार्इ बाेलाएका थिए । काका रघु महताेकाे घरमा रहेका इन्द्रकुमारले नरेशले अाफुलार्इ बाेलाएकाे काका-काकीलार्इ सुनाएर उनी चाैकतिर लागेका थिए । परिवारजनले इन्द्रकाे खाेजीदिन र्इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएकाे बुवा भगलु महताेले बताए ।
यता, र्इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी सहायक निरिक्षक चन्द्र त्रिपाठीले अाराेपित नरेश कुमार यादव फरार रहेका बताए । पीडित परिवारजनले र्इन्द्रलार्इ नरेश र उनका साथीहरूले माेटरसार्इकलमा राखेर ढल्केवरतिर लगेकाे र निर्घात कुटपिट गरेर अपहरण गरी बेपता पारेकाे दाबी गर्दै अाएकाे छ । स्राेतः द पब्लिक टुडे