बिजय कुमार सिंह
ढल्केबर, साउन २१ गते ।
धनुषाकाे मिथिला नगरपालिकाकाे ढल्केबरमा सडककाे पानी निकास गर्न निर्माण गरिएका नाला फाेहरले जाम भएर वरिपरिकाे वातावरण दुर्गन्धित बनेकाे छ ।
बसहीखाेलासम्म निर्माण याेजनामा परेकाे साे सडकनाला खाेलातर्फ खुल्न नसकी अधुराे रहेकाेले त्यसमा पानी जम्ने र स्थानियहरूले फाेहर फाल्ने गरेकाेले फाेहर कुहिएर वातावरण दुर्गन्धित बन्नपुगेकाे हाे ।
ढल्केबरकाे सडकनाला, पानी निकास, फाेहर अादि व्यवस्था गर्न व्यवस्थापन गर्ने निकाय मिथिला नगरपालिकाकाे व्यवस्थापकिय क्षमता कमजाेर देिखएकाे छ । नालाहरूमा भएकाे फाेहरमैलाकाे उचित व्यवस्थापन हुन नसक्दा वातावरण दुर्गन्धित हुनुकाे साथै ढल्केबरमा लामखुट्टे अातंक बढेकाे छ । नालाहरू जाम भएर उत्पन्न हुने समस्याले विभिन्न पेशाकास्थानियहरू मारमा परेका छन् । हरेक बर्ष बर्षायाममा नालाकाे व्यस्थापन नभएकै कारण स्थानिय व्यापारी तथा ग्राहकहरू समस्यामा पर्दै अाएका छन् । सामान्य पानी पर्दासमेत पसलकै अगाडी पानी जम्ने भएर ग्राहकहरूलार्इ पसलमा अावतजावत गर्न समस्या भर्इरहेकाे बताउने कलाम दफालीले नगरपालिका कर असुल्ने अखाडा भएकाे तथा नगर व्यवस्थापन गर्न चासाे नलिएकाे भनि गुनासाे पाेखे ।
यता, मिथिला नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राज कुमार दास अाफू यस कार्यालय अाउनुभन्दा अगावै याे नाला बनिसकेकाे बताउँदै उनले भने पानी निकास हुने गरि निर्माण हुनुपर्ने नालाहरू त्यसरी निर्माण हुन नसकेकाे बताए । उनले भने, अहिले बजेटकाे अभाव भएकाेले साे कार्य गर्न कठिनार्इ भइरहेकाे बताए ।
कार्यकारी अधिकृत दासले याे बर्षभित्रै पानी निकास हुने गरि व्यवस्थित नाला बनाउने याेजना बनिरहेकाे जानकारी गराए ।
No comments:
Post a Comment