बिजय कुमार सिंह
ढल्केबर, माघ १६ गते ।
पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका को ढल्केबरमा सडक अतिक्रमण गरि कृषि हाट बजार लाग्दै आएको छ । कृषि हाट बजार मात्र नभई सडकको क्षेत्राधिकार भित्र रहेको दाया बायाको क्षेत्रमा सडक अतिक्रमण गरी पक्की घर, ठेला, टहरा, नाङ्ले पसलहरु राख्नुको साथै सवारी साधनहरु पनि अव्यवस्थित रुपले पाकिंग गर्ने कार्यहरु दिन प्रतिदिन बढदै गएको छ ।
सडक अतिक्रमण गरी बनाएको विभिन्न घर टहराहरुको कारण नगरको सौन्दर्यमा समेत ठुलो क्षती पुगेको स्थानिय बुद्धिजीविहरु बताउछन । धनुषाको उत्तरी भेगकै मुख्य कृषी बजार मानिने ढल्केबरमा किसान तथा व्यापारीहरु सडकमै उभिएर आफ्नो कृषी उपभोग्य वस्तुहरु बेच्न बाध्य भएका छन् । बजार व्यवस्थापनका लागी प्रयाप्त जग्गा भएपनि सम्बन्धित पक्षको कमीकमजोरीले कृषी हाट बजार व्यवस्थित हुन सकेको छैन ।सडकमै लाग्ने गरेको बजारमा किसान तथा व्यापारीहरुको अत्याधिक भिडभाडका कारण बजार क्षेत्र नै अस्त–व्यस्त भई पछिल्लो समय सडक दुर्घटना पनि बढेकाे छ । हाट–बजारकाे ठेक्का श्री महेन्द्र उमावि ढल्केवरले लगाउने गरेकाे र ठेक्का बापत अाउने रकम विद्यालय र कृषी उपज बजारले बाँडफाँड गर्ने गरेकाे भए पनि बजारकाे व्यवस्थित गर्ने तर्फ कसैले ध्यान नदिने स्थानिय किसानहरूकाे गुनासाे छ । बिधालयबाट ठेक्का लिएकाे ठेकेदारले बजार व्यवस्थित गर्नुभन्दा पनि पैसा उठाउनमै व्यस्त रहेकाे स्थानिय किसान मान बहादुर माेक्तानले गुनासाे गरे । बजार ठेक्का लगाएकाे रकमवाट विद्यालय र कृषी उपज बजारले अापसीमा बाँडफाँड गर्ने गरेकाे भए पनि कृषी बजारकाे परिसरमा रहेकाे खाली स्थानमा बजार व्यवस्थित गर्नुकाे साटाे सडकमै बजार लगाउनु दुःखद रहेकाे स्थानिय बुद्धिजीविहरुले बताएका छन् ।
यता, मिथिला नगरपालिका कार्यालयले सडक अतिक्रमण गरी बनाइएको घर टहरा, ठेला, ना¨ले पसलहरु सडकको दाँया बाँया ८२ फिट खाली गर्न गत पुस २९ गते १० दिने अल्टिमेट्म सहितको सुचना दिएकाे भए पनि साे सुचनाको प्रभाव परेकाे देखिएन ।
नगरपालिका राजनीतिकर्मीको इसारा, झुठा अाश्वासन र प्रतिबद्धतामा चलेकाे स्थानिय राम प्रताप साहको अाराेप छ । उनले नगरपालिकाले यथास्थितीमै रहेर नगरविकासकाे काममा रूची नलिने हाे भने अाफुहरू संगठन बनाएरै नगरपालिकाको बिरुद्धमा अानदाेलन गर्ने बताए ।
यता, मिथिला नगरपालिकाका इन्जिनियर जय गणेश सिंहले नगरपालिका भित्र अतिक्रमण गरिएको सडक खाली गर्न दिएको सुचनाको बेवास्ता गरिएकाेले अागामी सातादेखि स्थानिय प्रशासनको सहयोगमा सडकको दाँया बाँया ८२ फिट खाली गराउने बताए ।