Friday, January 6, 2017

मिथिला नगरपालिकाकाे तेश्राे नगर परिषद सम्पन्न

बिजय कु. सिंह
ढल्केवरपुस २२ गते ।

धनुषाकाे मिथिला नगरपालिकाले अाफ्नाे तेश्राे नगर परिषद भव्यताका साथ सम्पन्न गरेकाे छ । शुक्रबार नगरपालिकाकाे प्राङ्ग्नमा भएकाे परिषदमा प्रमुख अातिथ्य धनुषा क्षेत्र नं ७ का सांसद शत्रुधन महताे र नगरपालिकाका कार्यकारी अधिकृत उदय प्रसाद देवकाेटाकाे अध्यक्षतामा तेश्राे नगर परिषद सम्पन्न भएकाे छ । मिथिला नगरपालिकाले तेश्राे नगर परिषदबाट आर्थिक वर्ष २०७४/०७५ का लागि ११ करोड भन्दा बढीको अनुमानित आयव्यय प्रस्ताव गरेका छन् । नगरपरिषदकाे नीति, कार्यक्रम बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत आर्थिक वर्ष २०७४/०७५ को लागि ११ करोड १५ लाख ११ हजारको अनुमानित आयव्यय प्रस्तावित गरिएको छ । सो अनुसार चालु तर्फ १ करोड ३० लाख, पुजीगत तर्फ ४ करोड २ लाख २१ हजार र समाजिक सुरक्षातर्फ १ करोड ६० लाख १२ हजार ८ सय को आयव्यय प्रस्ताव गरेका छन् । आर्थिक वर्ष ०७३/०७४ को आय ११ करोड २९ लाख ८८ हजार संसोधित आयव्यय सार्वजानिक गरेका छन् ।  यस्तै आर्थिक वर्ष ०७२/०७३ मा आय तर्फ नगरपालिकालाई ७ करोड ८ लाख ५४ हजार १ सय ६८ रुपैया ९१ पैसा र व्यय तर्फ ६ करोड ४५ लाख ७५ हजार ८ सय ५७ रुपैया ३ पैसा भएको सार्वजानिक गरेका छन् । यस्तै परिषदमा बिशेषअतिथी धनुषाका स्थानिय विकास अधिकारी सन्त बहादुर सुनुवार, राम कुमार कार्की, महेश बस्नेत लगायत राजनितीकर्मी, बुद्दिजिवी, नागरिक समाज र संचारकर्मीहरूकाे उपस्थिती रहेकाे थियाे ।

No comments:

Post a Comment