Saturday, December 31, 2016

धनुषामा बहुद्देश्य बहुमुखी सहकारी संघ गठन

विजय कु. सिंह 
ढल्केवर,पुस १६ गते 

बहुद्देश्य सहकारीहरुको संगठन जिल्ला बहुद्देश्य बहुमुखी संघ धनुषामा श्री शिवगुरु बहुद्देश्य सहकारीको अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्य समिति गठन भएको छ । 
ढल्केवरस्थित रातो लालीगुरास सहकारीको सभाकक्ष हलमा सम्पन्न जिल्ला भेलामा नेपाल बहुद्देश्य सहकारी संघ लिंको केन्द्रिय सदस्य तुलसी प्रसाद सापकोटाको प्रमुख आतिथ्य र सोनाबती देवी महतोको अध्यक्षतामा सो भेला सम्पन्न भएको छ । गठित समितिको उपाध्यक्षमा राम बाबु कडारी, निरा सापकोटा, कोषध्यक्ष्मा सुनिता देवी महतो, सचिवमा माधवी आले र सदस्यहरुमा लिलम सिंह, विन्दा सिलवाल, भवानी थापा, सन्जु खाती रहेका छन् । 
कार्यक्रममा धनुषा पत्रकार महासंघका सदस्य विनोद महतो, राम प्रताप महतो, सुनिता देवी महतो लगायत संचारकर्मीहरुका साथै धनुषाको विभिन्न बहुद्देश्य सहकारीहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  

Wednesday, December 28, 2016

हिमालय युवा कलव द्धारा खेलकुद प्रतियाेगिता सम्पन्न

ढल्केवर, पुस १३ गते ।
धनुषाकाे मिथिला नगरपालिका नक्टाझिज  स्थित हिमालय युवा कलवले अाफ्नाे २६ अाै बार्षिक साधारणा सभाकाे उपलक्ष्मा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत अाज चाैथाे दिन खेलकुद प्रतियाेगिता सम्पन्न गरेकाे छ । जनता उ.मा.वि नक्टाझिजमा भएकाे सार्इकल स्लाेह तर्फ जनता उ.मा.वि नक्टाझिजकाे सुमित कु. दास (प्रथम), राम जानकी विद्या अाश्रम नक्टाझिजकाे लक्ष्मण महताे(दाेश्राे) र कालिमार्इ युवा कलव शान्तिपुरकाे अनिल कुमार राउत(तृतिय) स्थान प्राप्त गरेका छन । त्यसैगरी छात्रा दाैर प्रतियाेगिता तर्फ  जनता उ.मा.वि नक्टाझिजकाे लक्षमी कुमारी यादव(प्रथम), न्यू त्रिशक्ति युवा कलव लक्ष्मीनिवास ढल्केवरकाे काजल कुमारी(दाश्राे) र दर्शनिया बाेर्डिङ स्कुल महेन्द्रनगरकाे अाशा चाैधरी(तृतिय) स्थान प्राप्त गरेका छन । त्यसैगरी छात्र दाैर तर्फ  जनता उ.मा.वि नक्टाझिजकाे सुन्दर कुमार मण्डल(प्रथम), दर्शनिया बाेर्डिङ स्कुल महेन्द्रनगरकाे सन्ताेष कुमार यादव(दाेश्राे) र लक्की युवा कलव महेन्द्रनगरकाे रंजित कुमार सिंह(तृतिय) स्थान प्राप्त गर्न सफल भएका छन् ।  सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विहिबार पाचाै दिन चित्रकला र निबन्ध प्रतियाेगिता हुने अायाेजक कलवका अध्यक्ष अरूण कुमार महताेले जानकारी दिनुभयाे ।

मधेश प्यावसनले मनायाे पहिलाे वार्षिकाेत्व

फुलगेन मुखिया
जनकपुर, पुस १३ गते


मधेश प्यावसनले बुधवार भव्यताका साथ अाफ्नाे पहिलाे बार्षिकाेत्सव मनाएकाे छ । पुस १३ गतेकै दिन तरार्इ मधेशमा अधिकार प्राप्तिका लागि अान्दाेलन जारी रहेकै समयमा मधेश प्यावसनकाे स्थापना भएकाे एक बर्ष पूरा भएकाे अवसरमा वार्षिकाेत्सव मनार्इएकाे मधेश प्यावसनका सुजित
कुमार मिश्राले जानकारी दिएका छन । प्यावसनका अध्यक्ष अमरेन्द्र भmाकाे अध्यक्षता र जिल्ला शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवकाे प्रमुख अातिथ्यमा जनकपुर १ स्थित शिवशारदा बाेर्डिङ स्कुलकाे प्राङ्ग्नमा  बार्षिकाेत्सव कार्यक्रममा  मनार्इएकाे छ । कार्यक्रममा स्वागत मन्तव्य शैलेन्द्र मिश्रले प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे उदघाेषण प्यावसनका सचिव सुजित कुमार मिश्राले गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागी वक्ताहरू नीजि विद्यालय संगठनहरू एकजुट भएर जानुकाे विकल्प नरहेकाे बताएकाे थियाे । मधेश प्यावसनले अाफ्रनाे कार्य क्षेत्र विस्तार गर्नुपर्नेमा जाेड दिएका छन । कार्यक्रममा मधेश प्यावसनका महासचिव सुवाेध मिश्र, महेन्द्र सिंह, बज्र किशाेर यादव, प्रभात कुमार मिश्र, राम प्रवेश राउत , नरेश यादव, प्रदिप कुमार यादव, सुमन भmा सहितका व्यक्तिहरूकाे सहभागिता थियाे ।