रंजन भण्डारी
महोत्तरी, फागुण २५ गते ।
अपांङ्ग संघ महोत्तरीका जिल्ला अध्यक्ष विजय कुमार यादव महोत्तरीको रामगोपालपुरमा अामरण अनसनमा वसेका छन । सप्तरीमा प्रहरीको गालीलागि टाउको नै फुटेको विभत्स फोटो फेसवुकमा देखेर उनी वेहोस भए र होसमा आउना साथ अनसनमा वसे ।
दोषीलाई कार्यवाही गर, अपांङ्गता भएका व्यक्तिको ऐन कानुन लागु गर भन्ने मांगका साथ उनी अनसनमा वसेका हुन । संघिय समाजवादी फोरम नेपालका कृयाशिल सदस्य समेत रहेका उनी प्रहरीले विभत्स तरिकाले मधेशीको टाउको र छातीमा गोली हान्ने गरेकोमा यस्ता कृयाकलाप तुरुन्त बन्द गर्नु पर्ने बताउछन । उनी भन्छन समाज र देशको सेवाको लागि समर्पित हुनु पर्ने प्रहरी पार्टी र अनुहारको आधारमा गोली चलाउनु कहासम्म उचित छ त ।
रामगोपालपुर ९ विशम्भरपुर घर भएका उनको दाहिने खुटटामा पोलियो लागेपछि घुटामा हात टेकेर चल्छन । सानो दुरीसम्म साईकल समेत चलाउन भ्याउने उनी विगत दुई दिन देखि अनसनमा वसेका हुन । उनी भन्छन कि त सप्तरी घटनाका दोषीहरुलाई कार्यवाही हुन्छ कि मेरो लास उठछ ।
उनको समर्थनमा रामगोपालपुरका स्थानिय राजनितिकर्मी,भद्र भलादमी,र अपांङ्गता भएका व्यक्तिहरु सयौको संख्यामा उनी अनसन वसेको स्थलमा उनको समर्थनमा वसेका छन । यता सुरक्षाकर्मीहरुले वेला वेलामा आएर सन्चो विसन्चो सोध्ने गरेका छन ।
यता मंगलवार देखि नै सप्तरी घटनाको विरोधमा आव्हान भएको दुई दिने मधेश बन्द आज पनि जारी छ । जिल्ला सदरमुकाम जलेश्वर,रामगोपालपुर,औरही,सम्सी र पिपरामा समेत पसलहरु बन्द छ भने मोटरसाईकल वाहेकका सवारी साधन चल्न पाएको छैन ।
महोत्तरीकाे सदरमुकाम जलेश्वर र बर्दिवास दुई धारमा वस्ने गरेपनि सप्तरीको घटनालाई लिएर बर्दिवासमा केहि स्थान बन्द देखिएको छ । रा.म.स.पा.को अनुरोधमा बर्दिवासमा छिटफुट पसलहरु बन्द गरिएको स्थानिय संचारकर्मी विक्रम रौनियारले जनाएका छन ।
No comments:
Post a Comment