Thursday, March 16, 2017

माध्यमिक शिक्षा परीक्षाकाे अाज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न

जनकपुर, चैत्र ३ गते ।
माध्यमिक शिक्षा परीक्षा अन्तर्गत आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । पहिलो दिनको परीक्षा धनुषा जिल्लामा शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय धनुषाले जनाएको छ । बिहान ८ बजेबाट शुरु भएको परीक्षा सबा १० बजे सम्म चलेको थियो । परिक्षामा यस बर्ष धनुषामा १२ हजार भन्दा बढी परीक्षार्थी सहभागीता जनाएका छन । 
जिल्ला शिक्षा कार्यालय धनुषाका उप जिल्ला शिक्षा अधिकारी दानीकान्त झाका अनुसार पहिलो पटक आयोजना भएको माध्यमिक शिक्षा परीक्षामा कुल १२ हजार ५ सय २० जना परीक्षार्थी सहभागी भएका छन । उहाँका अनुसार नियमित तर्फ १० हजार ६ सय २२ जना, ग्रेड वृद्धितर्फ १ हजा १ सय १७, एक्जामटेड तर्फ ७ सय २ तथा प्राविधिक तर्फ ७९ जना रहेका छन ।
धनुषामा परीक्षाका लागि जम्मा ४१ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएका छन भने  प्रत्येक केन्द्रका लागि एक-एक जना केन्द्राध्यक्ष रहने गरी व्यवस्था मिलाईएको छ ।

Wednesday, March 15, 2017

समाजवादी फाेरमद्धारा सरकारलार्इ दिएकाे समर्थन फिर्ता

संघीय समाजवादी फोरम, नेपालले पुष्पकमल दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
समर्थन फिर्ताको पत्र बुधबार नै सभामुख ओनसरी घर्तीलाई बुझाइएको छ ।  संसदीय दलका नेता अशोककुमार राईद्वारा हस्ताक्षरित पत्र फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले सभामुखलाई बुझाए ।
संसदमा फोरमका १५ सांसद छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ५ बुँदे माग राख्दै दिएको सात दिने अल्टिमेटम मंगलबार सकिएलगत्तै समर्थन फिर्ता गरेको घोषणा गरेको हो । 
साउन १८ गते फोरम नेपालले प्रधानमन्त्रीका प्रत्यासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने निर्णय गरेको थियो ।
Photo published for फोरमद्वारा दाहाल सरकारलाई दिएको समर्थन फिर्ता

Monday, March 13, 2017

केन्या विरूद्ध नेपालको शानदार जित

काठमाडौं, फागुण ३० गते ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । 
केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए । सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए । 
टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।  
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ । 
शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ ।

Saturday, March 11, 2017

सप्तरी झडपमा मृत्यु भएका पाँचैजनाको शवयात्रा

राजविराज, फागुण २८ गते ।
प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ ।
राजविराजको गजेन्द्र चोकमा मृतक पाँचजनाको पार्थिव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिनुभएको थियो ।
जिल्लाको मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो, मलेठ–४ का पीताम्बर मण्डल, प्रशवनी गाविस टेङ्रीका आनन्द साह र जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो ।
राजविराजको गजेन्द्र चोकबाट हजारौँ जनसमुदायको सहभागितामा निकालिएको शवयात्रा हनुमाननगर सडकखण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमाननगर, भारदह हँुदै बरमझिया, कञ्चनपुर, रुपनी, कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा भएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
लहानमा पुगेर श्रद्धाञ्जलि कार्यक्रमपछि लहानबाट पुनः कदमहा हुँदै कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रापछि मृतकका परिवारलाई जिम्मा दिई दाहसंस्कार गरिने मोर्चाले जनाएको छ ।
आज बिहानैदेखि गरिने भनिएको शवयात्रा वर्षाका कारण केहीबेरका लागि शवयात्रा रोकिएको थियो ।
नेकपा (एमाले)कोे मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा गत सोमबार आमसभा भएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर पाँचजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो ।
सो क्रममा एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस

Wednesday, March 8, 2017

सप्तरी गाेलीकाण्डमा मारिएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं, फागुण २५ गते ।
सरकारले सप्तरी गाेली काण्डमा मारिएकाहरुको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सप्तरी घटनाको समिक्षा गरेको छ ।  बैठकले सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ ।
बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न सर्वोच्चका पूर्व न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सदस्यहरूको नाम प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तय गर्नेछ र, यस्तो आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

सप्तरी घटनाको विरोधमा अपांङ्ग यादव आमरण अनसनमा

रंजन भण्डारी महोत्तरी, फागुण २५ गते ।
अपांङ्ग संघ महोत्तरीका जिल्ला अध्यक्ष विजय कुमार यादव महोत्तरीको रामगोपालपुरमा अामरण अनसनमा वसेका छन । सप्तरीमा प्रहरीको गालीलागि टाउको नै फुटेको विभत्स फोटो फेसवुकमा देखेर उनी वेहोस भए र होसमा आउना साथ अनसनमा वसे ।
दोषीलाई कार्यवाही गर, अपांङ्गता भएका व्यक्तिको ऐन कानुन लागु गर भन्ने मांगका साथ उनी अनसनमा वसेका हुन । संघिय समाजवादी फोरम नेपालका कृयाशिल सदस्य समेत रहेका उनी प्रहरीले विभत्स तरिकाले मधेशीको टाउको र छातीमा गोली हान्ने गरेकोमा यस्ता कृयाकलाप तुरुन्त बन्द गर्नु पर्ने बताउछन । उनी भन्छन समाज र देशको सेवाको लागि समर्पित हुनु पर्ने प्रहरी पार्टी र अनुहारको आधारमा गोली चलाउनु कहासम्म उचित छ त । रामगोपालपुर ९ विशम्भरपुर घर भएका उनको दाहिने खुटटामा पोलियो लागेपछि घुटामा हात टेकेर चल्छन । सानो दुरीसम्म साईकल समेत चलाउन भ्याउने उनी विगत दुई दिन देखि अनसनमा वसेका हुन । उनी भन्छन कि त सप्तरी घटनाका दोषीहरुलाई कार्यवाही हुन्छ कि मेरो लास उठछ । उनको समर्थनमा रामगोपालपुरका स्थानिय राजनितिकर्मी,भद्र भलादमी,र अपांङ्गता भएका व्यक्तिहरु सयौको संख्यामा उनी अनसन वसेको स्थलमा उनको समर्थनमा वसेका छन । यता सुरक्षाकर्मीहरुले वेला वेलामा आएर सन्चो विसन्चो सोध्ने गरेका छन ।
यता मंगलवार देखि नै सप्तरी घटनाको विरोधमा आव्हान भएको दुई दिने मधेश बन्द आज पनि जारी छ । जिल्ला सदरमुकाम जलेश्वर,रामगोपालपुर,औरही,सम्सी र पिपरामा समेत पसलहरु बन्द छ भने मोटरसाईकल वाहेकका सवारी साधन चल्न पाएको छैन । महोत्तरीकाे सदरमुकाम जलेश्वर र बर्दिवास दुई धारमा वस्ने गरेपनि सप्तरीको घटनालाई लिएर बर्दिवासमा केहि स्थान बन्द देखिएको छ । रा.म.स.पा.को अनुरोधमा बर्दिवासमा छिटफुट पसलहरु बन्द गरिएको स्थानिय संचारकर्मी विक्रम रौनियारले जनाएका छन ।

Tuesday, March 7, 2017

मधेस जनआन्दोलनमा पहिलो पटक बर्दिवास बन्द

बर्दिवास, फागुण २५ गते ।
 सप्तरी घटनाकाे बिराेधमा संयुक्त लाेक्तान्त्रिक मधेसी मोर्चाले टायर बालेर बिराेध प्रदर्शन गर्दै महोत्तरीको बर्दिवास बन्द गराएकाे छ । विभिन्न समयमा भएको मधेस जनआन्दोलनमा पहिलो पटक महोत्तरीको बर्दिवास समेत बन्द भएको छ । राष्टिय मधेस समाजवादी पार्टी र संयुक्त लाेक्तान्त्रिक मधेसी मोर्चाको सहयोगमा बर्दिवास बजार पूर्ण रुपमा बन्द गराइएको हो ।
मधेस आन्दोलनमा राजधानी काठामन्डौँको लागि संजीवनी बनेका बर्दिवासलाई बन्द गराएपछि राजधानी सम्म जाने यातायातको साधनहरु समेत ठप्प भएको अवस्था छ ।
यता, बन्दकर्ताहरुले बर्दिवासमा प्रर्दशन गर्दै पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध पारेको छ ।
राजमार्ग समेत अवरुद्ध भएपछि छोटो तथा लामो दुरीका सवारी साधनहरु चल्न सकेको छैन । बन्दका कारण राजमार्गको अवस्था तनावयम बनेको छ ।

मोर्चा कार्यकर्ताद्धारा प्रमुख निर्वाचन आयुक्त यादवको घरमा तोडफोड

राजविराज, फागुण २५ गते ।
सप्तरी घटनाको विरोधमा आन्दोलनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा तोडफोड गरेका छन्। राजविराज ९ स्थित प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चाका कार्यकर्ताले वुधबार बिहान ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन्।
यस्तै सोही वडामा रहेको एमाले सांसद रन्जु ठाकुरको सम्पर्क कार्यालय तथा एमाले नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कमानन्द देवको घरमा समेत मोर्चा कार्यकर्ताले तोडफोड गरेका छन्।
No automatic alt text available.

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु

राजविराज, फागुण २५ गते ।
नेकपा एमालेको मेची- महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा गोली चल्दा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। यो संगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मलेठ गाविस २ का वीरेन्द्र मेहेताको उपचारका क्रममा धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा मृत्यु भएको हो। मेहेताको उपचारको क्रममा धरानमा मृत्यु भएको पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी रमेश भट्टराईले पुष्ट्रि गरे।
सोमबार मलेठमा भएको घटनामा सञ्जन मेहेता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो। घटनाका घाइतेहरुलाई उपचारको लागि धरान लगिएको थियो। घटनामा मृत्यु हुने सञ्जन, पिताम्वर र वीरेन्द्र एउटै गाउँ मलेठका हुन् भने आनन्द परसवनीका हुन्।  
No automatic alt text available.

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नयाँ शक्तिको प्रदर्शन

राजविराज, फागुण २४ गते ।
सप्तरी घटनाको विरोधमा नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार मृत्यु भएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सहिद घोषणा र मृतकका परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।
 
एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानमा अवरोध पुर्‍याउन खोज्ने मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली प्रहार गर्दा मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको थियो । 

संघीय गठबन्धनद्धारा २७ गते नेपाल बन्दको आव्हान

काठमाडौं, फागुण २४ गते ।
उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले नेपाल बन्दको आव्हान गरेको छ ।
गठबन्धनले शुक्रवार नेपाल बन्दको आव्हान गरेको हो ।
गठबन्धनको वैठकले फागुन २६ गते जिल्ला सदरमुकामसहित काठमाडौंमा  विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको गठबन्धनकाे संयोजक उपेन्द्र यादवले बताए ।
त्यसै गरी वैठकले सरकारलाई ७ दिनको अल्टिमेटम दिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय गरेको बताइएको छ । क्षतिपूर्तिसहित मृतकलाई सहीद घोषणा र घाइतेलाई निशुल्क उपचारको माग वैठकले गरेको छ ।
वैठकले निर्वाचन मिति फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको वैठकको निष्कर्ष छ ।

मेरो आदेश नमान्नेलाई कारबाही गर्छुः प्रधानमन्त्री

काठमाडौं, फागुण २४ गते । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटना दुःखद भएको बताएका छन् । साथै उनले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए ।
सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै प्रदेश नम्बर २ का कांग्रेस सांसदहरु मंगलबार बालुवाटार पुगेका थिए । भेटमा उनीहरुलेसप्तरी घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
उनीहरुले एमालेको उत्तेजक अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका जनतामाथि प्रहरीले गोली चलाएकोमा आफूहरु स्तब्ध भएको प्रतिक्रिया पनि दिएका छन् । कांग्रेस सांसदहरुले एमालेको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित हुन पुगेको बताए ।
जवाफमा प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको बताए । त्यसविपरित घटना भएको भन्दै उनले भने, ‘मेरो आदेश नमान्ने को हो ? म निलम्बन गरेर कारबाही गर्छु ।’
उनले मंगलबारकै मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका छन् ।

Monday, March 6, 2017

गृहमन्त्री निधिको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुर, फागुण २४ गते ।
प्रहरीको गोली लागेर सप्तरीमा चार कार्यकर्ताको मृत्यु भएपछि त्यसको बिरोधमा मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दले मध्य तराईको जनजीवन प्रभावित बनेको छ ।
मध्य तराईका बिभिन्न शहरमा मोर्चा कार्यकर्ताले भाटासहित जुलुस निकालेका छन् भने केहि सवारीमा पनि तोडफोड गरेका छन् । मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका आक्रोशित आन्दोलनकारी उग्र बन्दै गइरहेका छन् ।
बन्दका कारण धनुषाको जनकपुर, ढल्केवर क्षेत्रमा मोर्चा कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ भने सवारीसाधन तथा पसल बजार बन्द गरिएको छ ।
आन्दोलनकारीहरुले एमाले अध्यक्ष केपी ओलीलाई कडा कारबाही र गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन् ।
मोर्चा कार्यकर्ताले जनकपुरको पिडारी चोकमा ना.७ ख.२२६३ नम्बरको टिपरमा तोडफोड गरेका छन् । स्राेतः अनलार्इन खबर

सप्तरीमा माेर्चा कार्यकर्ताद्धारा जिप्रका घेराउ

राजविराज, फागुण २४ गते ।
सोमबार प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् ।
आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
आन्दोलनकारीले मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेका छन् । आफूहरुमाथि प्रहरीले दमन गरिरहँदा आयोगको टोली ओलीको भाषण सुन्न व्यस्त रहेको भन्दै उनीहरुले आयोगको जीप तोडफोड गरेका हुन् ।
एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच हिजो साँझ भएको झडपमा चार मोर्चा कार्यकर्ताको मृत्यु भएको बिरोधमा आज र भोलि मधेस बन्दको आहृवान गरिएको छ । स्राेतः अनलार्इन खबर 
 

राजविराजमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

राजविराज, फागुण २४ गते ।
राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ। मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो।
सोमबार राजविराजमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। घटनाको वास्तविकता बुझ्न आयोग मंगलबार राजविराज आएको हो। ‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन्।
गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास भएको छ। उनीहरुको अवस्था सामान्य छ। स्राेत ः नागरिक न्यूज
राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड

Saturday, March 4, 2017

धनुषामा मोर्चाद्धारा २५ गते आमहडतालको घोषणा

जनकपुरधाम, फागुण २१ गते । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आउंदो फागुन २५ गते आम हड्तालको घोषणा गरेको छ ।
मोर्चाको शनिबार बसेको बैठकबाट २५ गते बुधबार धनुषा जिल्लाभरि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
बैठकबाट चरणबद्ध आन्दोलनको घोषणा गर्दै आम हडताललाई मध्यनजर गरी फागुन २३ र २४ गते जिल्लाभरि माईकिङग कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यसका साथै त्यही दिन मधेस आन्दोलनको वृत चित्र समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको मोर्चा धनुषाले जनाएको छ ।
चरणबद्ध आन्दोलन अन्तर्गत २४ गते जनकपुरधाममा विहान ११ बजे मोटरसाईकल रयाली सहित लाठी जुलुश समेत प्रदर्शन गर्ने जनाइएको छ ।
सांझ ६ बजे भानुचोकबाट मशाल जुलुस प्रदर्शन गर्दै २५ गते दिनभरि कालो झण्डा र बैनर सहित जनकपुरभरि प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रदर्शनको लागि मोर्चाले प्रदर्शनमा उपस्थित हुन आव्हान सहित मधेस विरोधीलाई प्रतिकार गर्न भन्दै “चलु जनकपुर, भरु जनकपुर” कार्यक्रममा समेत सहभागी हुन अपिल मोर्चाले गरेको हो ।
यस्तै, २५ गते नै सांझ ७ बजे देखि ७ः३० बजेसम्म जिल्लाभरि ब्ल्याक आउट (बत्ति निभाउने) गरी मधेसी एकता प्रदर्शनको लागि विज्ञप्ति मार्फत अनुरोध गर्दै फागुन २२ गते मोर्चाका सम्पूर्ण कार्यकर्ताले आ–आफ्ना मोटरसाईकलमा पार्टीको झण्डा अनिवार्य रुपमा लगाउने तथा आम समुदायले कालो झण्डा लगाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको हो ।
यसका साथै, एमालेका नेताहरुले मधेसी र मधेसका जनताहरुबीच रहेको द्धन्द्धलाई परिणत गर्न खोजेको भन्दै एमालेको मेची–महाकाली अभियानको नाममा मधेस प्रवेश गर्न खोजेकोले त्यसको प्रतिवाद गर्न समेत मोर्चाका संयोजक सतिश कुमार लाल दासद्धारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत आग्रह गरिएको हो । स्राेतः जनकपुर टुडे
No automatic alt text available.

Friday, March 3, 2017

सप्तरीमा मोर्चा कार्यकर्ताले एमाले कार्यकर्तालार्इ दले कालामाेसाे

सप्तरी, २० फाल्गुन । सप्तरीको राजविराजमा शुक्रबार मधेसी मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका छन् ।
राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेका बेला एमाले नेता चौधरीलाई कालोमोसो दलेका हुन् । उनलाई मालोमोसो दलेपछि नजिकै रहेका एमाले जिल्ला सचिव शम्भु यादबलगायतका अन्य नेताहरु भागे ।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमाले नेता चौधरीलाई मधेसी जनताले कालोमोसो दलेको बताए । उनले भने– एमालेबिरुद्ध मधेसी जनता आक्रोशित छन् । तर यस्तो अवस्थामा मेची–अभियान चलाउन प्रसार प्रचार गर्दा चौधरीलाई कालोमोसो दलेको हो ।
यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो । अभियानको बारेमा एमाले कार्यकर्ताहरुले पर्चा बितरण गरिरहेको समयमा शुक्रबार साँझ मोर्चा र एमाले कार्यकर्ताबीच झडप भएको थियो । समयमै प्रहरी पुगेका कारण कुनै अप्रिय घटना भएन । स्राेतः मधेश लाइव डट कम

Thursday, March 2, 2017

होलीपछि मधेशमा भिषण आन्दोलन गर्ने माेर्चाकाे तयारी

काठमाडौं, १९ फाल्गुन । स्थानीय तह चुनावको मिति घोषणा भएपछि आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले होलीपछि मात्र दोस्रो चरणको भिषण आन्दोलन घोषणा गर्ने भएको छ ।
सरकारले आगामी बैशाख ३१ गते गर्ने भनेको स्थानीय तहको निर्वाचन जसरी भए पनि तराई मधेसमा हुन नदिने उद्देश्यले मोर्चाले अहिलेदेखि नै आन्दोलनको तयारी थालेको हो । त्यसका लागि मधेसी मोर्चामा आबद्ध दलले आन्तरिक छलफल सुरु गरिसकेका छन् ।
होलीपछि तराई मधेस बन्द, हड्ताल र आवश्यक परेमा नाकाबन्दी लगायतका कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।
आन्तरिक छलफलपछि एकदुई दिनमा बस्ने मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । स्राेतः मधेश लाइव डट कम