Monday, May 15, 2017

बर्दिबास नगरपालिका भवन निर्माण गर्न करोडौंको जग्गा दान

आरके महतो
महोत्तरी , जेठ २ गते । 

महोत्तरीको बर्दिबास नगरपालिकाको भवन निर्माण गर्न १० जना स्थानीयवासीले करोडौंको जग्गा दान गरेका छन् । सोमवार नगरपालिकाको भवन निर्माण गर्न १० जना स्थानीयले करिव ५ करोड ५० लाख रुपैंया मूल्य पर्नेे साँढे पाँच कठ्ठा जग्गा दान गरेका छन् । नगरपालिका कार्यालयको भवन तथा कार्यालय जाने बाटोको लागि स्थानीयले प्रति कठ्ठा एक करोडमा विक्री हुने साँढे पाँच कठ्ठा जग्गा दान गरेका हुन् ।
बर्दिबासका स्थानीयवासी भवनाथ पोखरेलले १ कठ्ठ १० धुर, बर्दिबास रियल स्टेटका रमेश, कुमार, विनोद भण्डारी र गोपी पोखरेलले १ कठ्ठा गरि २ कठ्ठा १० धुर जग्गा नगरपालिकाको भवन निर्माण गर्न दान गरेका छन् । यस्तै, रामजी महतो, अर्जुन सिंह ठकुरी, शेखर र कपिल हमाल तथा लालबहादुर हमालले बर्दिबास नगरपालिकाको कार्यालय जाने १६ फिटको बाटोका लागि २ कठ्ठा जग्गा दान गरेको बर्दिबास नगरपालिकाका सूचना अधिकारी नारायण सिंह ठकुरीले बताए ।
साविकको बर्दिबास गाविसको कार्यालयमा बर्दिबास नगरपालिकाको कार्यालय संचालन गर्दै आएको र सेवाग्राहीलाई कठिनाइको सामना गर्नु परिरहेको छ । नगरपालिकालाई जग्गा प्राप्तिसंगै भवन निर्माणको लागि अब बाटो खुलेको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । नगरपालिकाको स्वामित्वमा करिव ३५ कठ्ठा जग्गा रहेको भए पनि सो जग्गमा जाने बाटो नहुँदा नगरपालिकाले कार्यालय भवन बनाउन सकेका थिएनन् । जग्गा दाताहरुलाई नगरपालिकाले अविर लगाएर एक समारोहका बीच सम्मान गरेका छन् ।

Saturday, May 13, 2017

आज ३ वटा प्रदेशको ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदै

जनकपुरधाम, वैशाख ३१ गते । 

मुलुकमा आज २० वर्षपछि स्थानीय निर्वाचन हुँदै छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय तहको प्रतिनिधी चयनका लागि मतदान हुन लागेको हो । मतदानले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि छनोट गरिने छ । बीस वर्ष अघि २०५४ सालमा स्थानीय निर्वाचन भएयता स्थानीय निर्वाचन हुन सकेको थिएन ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुडकिलोका रूपमा यो चुनावलाई लिइएको छ ।
मतदानका लागि निर्वाचन आयोगले ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
नयाँ संविधानले व्यवस्था गरे अनुरुपको ७ सय ४४ स्थानीय तह मध्ये तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वा्चित हुँदैछन् ।
जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन् । आज आईतवार बिहान ६ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचया आयोगले जनाएको छ । टुडे पाटी

Monday, May 8, 2017

पुनः आन्दोलनमा जाने राष्ट्रिय जनता पार्टीको चेतावनी

काठमाडौं, वैशाख २५ गते ।

राष्ट्रिय जनता पार्टी, नेपालले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ । संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टीेले अव आन्दोलनमा जाने चेतावनी दिएको हो ।

संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भिर नभएपछि आफूहरु पनि आन्दोलनमा जाने गरी आन्तरिक छलफल सुरु गरिएको नेता अनिल झाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको आरोप लगाइएको छ । पार्टीले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको थियो ।

सरकारले संविधान संशोधन गर्ने संसद बैठकनै जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भिर नरहेको निष्कर्ष निकालेको हो । यसअघि पार्टीले दोस्रो चरणको निर्वाचनमा भने सहभागी हुने निर्णय गरेको थियो । रातो पाटी