Friday, March 3, 2017

सप्तरीमा मोर्चा कार्यकर्ताले एमाले कार्यकर्तालार्इ दले कालामाेसाे

सप्तरी, २० फाल्गुन । सप्तरीको राजविराजमा शुक्रबार मधेसी मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका छन् ।
राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेका बेला एमाले नेता चौधरीलाई कालोमोसो दलेका हुन् । उनलाई मालोमोसो दलेपछि नजिकै रहेका एमाले जिल्ला सचिव शम्भु यादबलगायतका अन्य नेताहरु भागे ।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमाले नेता चौधरीलाई मधेसी जनताले कालोमोसो दलेको बताए । उनले भने– एमालेबिरुद्ध मधेसी जनता आक्रोशित छन् । तर यस्तो अवस्थामा मेची–अभियान चलाउन प्रसार प्रचार गर्दा चौधरीलाई कालोमोसो दलेको हो ।
यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो । अभियानको बारेमा एमाले कार्यकर्ताहरुले पर्चा बितरण गरिरहेको समयमा शुक्रबार साँझ मोर्चा र एमाले कार्यकर्ताबीच झडप भएको थियो । समयमै प्रहरी पुगेका कारण कुनै अप्रिय घटना भएन । स्राेतः मधेश लाइव डट कम

Thursday, March 2, 2017

होलीपछि मधेशमा भिषण आन्दोलन गर्ने माेर्चाकाे तयारी

काठमाडौं, १९ फाल्गुन । स्थानीय तह चुनावको मिति घोषणा भएपछि आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले होलीपछि मात्र दोस्रो चरणको भिषण आन्दोलन घोषणा गर्ने भएको छ ।
सरकारले आगामी बैशाख ३१ गते गर्ने भनेको स्थानीय तहको निर्वाचन जसरी भए पनि तराई मधेसमा हुन नदिने उद्देश्यले मोर्चाले अहिलेदेखि नै आन्दोलनको तयारी थालेको हो । त्यसका लागि मधेसी मोर्चामा आबद्ध दलले आन्तरिक छलफल सुरु गरिसकेका छन् ।
होलीपछि तराई मधेस बन्द, हड्ताल र आवश्यक परेमा नाकाबन्दी लगायतका कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।
आन्तरिक छलफलपछि एकदुई दिनमा बस्ने मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । स्राेतः मधेश लाइव डट कम

Tuesday, February 21, 2017

मोर्चाद्धारा जनकपुरमा बृहत मशाल जुलुस प्रदर्शन

जनकपुर, फाल्गुण १० गते । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई मधेशमा स्थानीय चुनाव हुन नदिने घोषणागर्दै  आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुरमा विशाल मसाल जुलुस प्रदर्शन गरेका छन् ।
सरकारले स्थानीय चुनाव वैशाख ३१ गते घोषणा गरेलगतै मोर्चाका नेताहरुले पहिलो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै साँझ जनकपुरको भानुचौकबाट मसाल जुलुस निकालिएको हो ।
मोर्चाको नेतृत्वमा भानुचोकबाट निकालिएको मशाल जुलुस जनकपुरको विभिन्न चोक भएर नगर परिक्रमा गरेको छ ।
मोर्चाले घोषणा गरेको संघर्ष कार्यक्रम अनुसार मंगलबार तराई मधेशका सदरमुकामहरुमा मसाल जुलुस र बुधबार मधेश बन्द गर्ने रहेकोछ ।
मोर्चाले बिहिबारदेखि १५दिन सम्म तराईका जिल्लाहरुमा भण्डाफोर कार्यक्रम चलाउने जनाएकोछ ।तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले मन्त्री परिषदको निर्णय सार्वजनिक भएलगतै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । स्राेतःजनकपुर टुडे