Monday, March 6, 2017

सप्तरीमा माेर्चा कार्यकर्ताद्धारा जिप्रका घेराउ

राजविराज, फागुण २४ गते ।
सोमबार प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् ।
आफ्ना कार्यकर्ताको हत्याको बिरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गरेका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुले गोली चलाउनेलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
आन्दोलनकारीले मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेका छन् । आफूहरुमाथि प्रहरीले दमन गरिरहँदा आयोगको टोली ओलीको भाषण सुन्न व्यस्त रहेको भन्दै उनीहरुले आयोगको जीप तोडफोड गरेका हुन् ।
एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच हिजो साँझ भएको झडपमा चार मोर्चा कार्यकर्ताको मृत्यु भएको बिरोधमा आज र भोलि मधेस बन्दको आहृवान गरिएको छ । स्राेतः अनलार्इन खबर 
 

राजविराजमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

राजविराज, फागुण २४ गते ।
राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ। मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो।
सोमबार राजविराजमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। घटनाको वास्तविकता बुझ्न आयोग मंगलबार राजविराज आएको हो। ‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन्।
गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास भएको छ। उनीहरुको अवस्था सामान्य छ। स्राेत ः नागरिक न्यूज
राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड

Saturday, March 4, 2017

धनुषामा मोर्चाद्धारा २५ गते आमहडतालको घोषणा

जनकपुरधाम, फागुण २१ गते । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आउंदो फागुन २५ गते आम हड्तालको घोषणा गरेको छ ।
मोर्चाको शनिबार बसेको बैठकबाट २५ गते बुधबार धनुषा जिल्लाभरि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
बैठकबाट चरणबद्ध आन्दोलनको घोषणा गर्दै आम हडताललाई मध्यनजर गरी फागुन २३ र २४ गते जिल्लाभरि माईकिङग कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यसका साथै त्यही दिन मधेस आन्दोलनको वृत चित्र समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको मोर्चा धनुषाले जनाएको छ ।
चरणबद्ध आन्दोलन अन्तर्गत २४ गते जनकपुरधाममा विहान ११ बजे मोटरसाईकल रयाली सहित लाठी जुलुश समेत प्रदर्शन गर्ने जनाइएको छ ।
सांझ ६ बजे भानुचोकबाट मशाल जुलुस प्रदर्शन गर्दै २५ गते दिनभरि कालो झण्डा र बैनर सहित जनकपुरभरि प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रदर्शनको लागि मोर्चाले प्रदर्शनमा उपस्थित हुन आव्हान सहित मधेस विरोधीलाई प्रतिकार गर्न भन्दै “चलु जनकपुर, भरु जनकपुर” कार्यक्रममा समेत सहभागी हुन अपिल मोर्चाले गरेको हो ।
यस्तै, २५ गते नै सांझ ७ बजे देखि ७ः३० बजेसम्म जिल्लाभरि ब्ल्याक आउट (बत्ति निभाउने) गरी मधेसी एकता प्रदर्शनको लागि विज्ञप्ति मार्फत अनुरोध गर्दै फागुन २२ गते मोर्चाका सम्पूर्ण कार्यकर्ताले आ–आफ्ना मोटरसाईकलमा पार्टीको झण्डा अनिवार्य रुपमा लगाउने तथा आम समुदायले कालो झण्डा लगाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको हो ।
यसका साथै, एमालेका नेताहरुले मधेसी र मधेसका जनताहरुबीच रहेको द्धन्द्धलाई परिणत गर्न खोजेको भन्दै एमालेको मेची–महाकाली अभियानको नाममा मधेस प्रवेश गर्न खोजेकोले त्यसको प्रतिवाद गर्न समेत मोर्चाका संयोजक सतिश कुमार लाल दासद्धारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत आग्रह गरिएको हो । स्राेतः जनकपुर टुडे
No automatic alt text available.