Tuesday, February 21, 2017

मोर्चाद्धारा जनकपुरमा बृहत मशाल जुलुस प्रदर्शन

जनकपुर, फाल्गुण १० गते । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई मधेशमा स्थानीय चुनाव हुन नदिने घोषणागर्दै  आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुरमा विशाल मसाल जुलुस प्रदर्शन गरेका छन् ।
सरकारले स्थानीय चुनाव वैशाख ३१ गते घोषणा गरेलगतै मोर्चाका नेताहरुले पहिलो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दै साँझ जनकपुरको भानुचौकबाट मसाल जुलुस निकालिएको हो ।
मोर्चाको नेतृत्वमा भानुचोकबाट निकालिएको मशाल जुलुस जनकपुरको विभिन्न चोक भएर नगर परिक्रमा गरेको छ ।
मोर्चाले घोषणा गरेको संघर्ष कार्यक्रम अनुसार मंगलबार तराई मधेशका सदरमुकामहरुमा मसाल जुलुस र बुधबार मधेश बन्द गर्ने रहेकोछ ।
मोर्चाले बिहिबारदेखि १५दिन सम्म तराईका जिल्लाहरुमा भण्डाफोर कार्यक्रम चलाउने जनाएकोछ ।तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले मन्त्री परिषदको निर्णय सार्वजनिक भएलगतै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । स्राेतःजनकपुर टुडे

Friday, February 17, 2017

अाज ६७ अाैँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ,  फागुन ७ गते ।
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । रासस
No automatic alt text available.

Thursday, February 16, 2017

संशोधन नभए कुनै पनि हालतमा चुनाव हुन दिन्नौं : मधेशी मोर्चा

काठमाडौं, ६ फाल्गुण । सरकारले एकातिर स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ भने अर्कोतिर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । मोर्चाका नेताहरुले प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको तीनबुँदे सहमतिअनुसार अविलम्ब संविधान संशोधन गरी संविधानका त्रुटिहरु सच्याउनुपर्ने अडानमा अहिले पनि अडिग नै छन् । 

मधेशी मोर्चासँग फेरि राजनीतिक बेइमानी हुने आशंका व्यक्त गर्दै मोर्चाका एक नेताले भने, ‘हाम्रो माग सम्बोधन नगरेर निर्वाचन हुन्छ भन्नु दिवास्वप्न मात्र हो ।’ ती नेताका अनुसार मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा जानेछ । मधेशी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पास भएपछि मात्र चुनावमा जान सकिने बताउँदै आएको छ । 

Tuesday, February 14, 2017

एनसेलले ल्यायो फेसबुक फ्रि अफर

फाल्गुण ३ गते ।
निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने भएको छ । एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।
एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ । साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । एनसेलले हाल निःशुल्क ट्विटर अफर पनि दिएको छ ।

Sunday, February 12, 2017

ढल्केबरमा विद्यालय र बाक्लाे वस्तीविचमा गैरकानूनी उधाेग


laho s'df/ l;+x
9Ns]a/, df3 @* ut] .

wg'iffsf] ldlynf gu/kflnsf–% 9Ns]a/ l:yt ;fd'bflos ljb\ofno / afSnf] j:tLsf] ljrdf Knfli6s pwf]u ;~rfngdf /x]sf] 5 . sl/a Ps ;o ld6/ b'/Ldf ±@ ;Dd k9fO{ x'g] >L dx]Gb| p= df= lj / bf“of–af“of afSnf] dfgj j:tLsf] aLrdf :yflkt >L/fd hfgsL Knfli6s pBf]usf] u}/sfg"gL ?kdf :yfkgf ul/Psf] xf] .
x':; ugfpg] / uGwn] klxrfg v'Ng] h:tf Knfli6s pBf]u :yflkt ePsf] sf/0fn] To; j/k/sf :yflgo afl;Gbfx?nfO{ /f]un] lgDTofpg] dfWod aGb} uPsf] 5 . pBf]usf] cuf8L–k5f8L ljb\ofno / afSnf] j:tL ePtfklg s;}sf] d~h'/L ljgf s]lx /fhgLlt bnsf :yflgo sfo{stf{ / 6f“9fsf af7fx?nfO{ k};f af“8]/ :yflgosf] gfddf lst]{ ;xdtL h'6fO{ lgod ljk/Lt dfgj :jf:Yodf xfgL k'¥ofpg] h:tf Knfli6s pBf]u ;~rfngdf /x]sf] :yflgox?sf] cf/f]k 5 .
pBf]usf] d]l;g aGb ePsf] a]nfdf ;d]t % ;o b]lv !))) ld6/ ;Dd uGw km}nfpg] ;f] Knfli6s pBf]un] Ïof“lsPsf / ;8]un]sf Knfli6s ;+sng u/L To;}nfO{ unfP/ lgDg :t/sf Knfli6shGo ;fdu|L pTkfbg ub}{ cfPsf] 5 . Knfli6shGo ;fdu|L pTkfbgdf k|of]u x'g] s]ldsnaf6 km}lng] uGw dfgj :jf:Yosf nflu lgs} xflgsf/s x'g] u/]sf] / To; k|sf/sf] uGwn] :jf“; k|:jf“;df c;/ k'¥ofpg] b]lv lnP/ d'6'sf] w8\sg ;d]t a9g] u/]sf] lrlsT;sx? atfp“5g\ .

otf, ljb\ofno / afSnf] j:tLsf] ljrdf Knfli6s pwf]u ;~rfng x'g'sf ;fy} :yflgo afl;Gbfx?sf] :jf:Yo;+u v]naf8 eO{/x]sf] / To; tkm{ ;DalGwt lgsfon] s'g} rf;f] gb]vfpg' ;dfhsf nflu b'Mvb /x]sf]df :yflgo a'l4hLljx?n] lrGtf JoQm u/]sf 5g\ .

Wednesday, February 8, 2017

माेडेल मल्टिपल कलेजमा मनपरी शुल्कवृद्धिकाे कारण बुझ्न खाेज्दा विद्यार्थीलार्इ कक्षाबाट निष्काशित

शैलेन्द्र महताे
जनकपुरधम , माघ २७ गते ।
पछिल्लो समय जनकपुरका केहि निजी कलेज सञ्चालकहरुको दादागिरी बढेको छ । मनोमानी शुल्क वृद्धि गर्ने ,विद्यार्थीहरुले सही कुराको लागि आवाज उठाउँदा विद्यार्थीलाइ डराउँने धम्काउने र कुटपीटसम्म गर्ने जस्तासम्म गतिविधि गर्न थालेका छन् । खास गरी नामांकनका लागि आवेदन फारम भर्दा एउटा शुल्क बताउने र परीक्षा फारम भर्ने बेला बढी शुल्क माग्ने जनकपुरका केहि कलेजहरुको प्रवृति नै बन्दै गएको छ ।
किन शुल्क बढाएको भनेर विद्यार्थीहरुले सञ्चालकसंग बुझ्न खोज्दा धाक धम्की दिँदै कलेजबाट निकाला गर्नेसम्मका चेतावनीहरु अव सामान्य बन्दै गएका छन् । यसको पछिल्लो उदाहरण हो , मोडेल मल्टिपल कलेजको बीबीए प्रथम समेस्टरका विद्यार्थीहरु शिकार हुनु परेको छ । बीबीएमा अचानक १२ हजार रुपैयाँ वृद्धि भएको सूचना सुनाएपछि त्यहाँ अध्ययनरत्त विद्यार्थी धर्मराज गिरीले जानकारी माग्न खोज्दा बुधबार कलेज सञ्चालक विरेन्द्र साहले कलेजबाट निकाला गरिदिने धम्की दिएका छन् । विद्यार्थीहरुले औपचारिक रुपमै सिकायत पत्र मार्फत सञ्चालकसंग शुल्क वृद्धिबारे जानकारी लिन खोज्दा सञ्चालक विरेन्द्र साह पढाई भइरहेको बेला कक्षाकोठामा पसेर सिकायत पत्र च्यात्दै आक्रोसित मुद्रामा गिरीलाई तिम्रो जति पैसा छ , जति बुझाएका छौ , त्यसको १० प्रतिशत थप रकम लिएर कलेजबाट पठाई दिन्छु भन्दै घोक्रेठ्याक लगाउँदै कक्षाकोठाबाट निष्काशन गरेको विद्यार्थी गिरी बताउछन् । विद्यार्थी गिरीका अनुसार चौथो सेमेस्टरसम्मको जम्मा २ लाख १० हजारमा नमांकन गराउने बेला कुरा भएकोमा अहिले प्रथम समेस्टरकै फारम भर्ने बेला १२ हजार रुपैयाँ थप लाग्ने सञ्चालकले मागि रहेका छन् । आफु वास्तविक कुरा सामुहिक रुपमै बुझ्न खोज्दा कक्षाकोठामै डराई धम्काई कक्षाबाट निकालेर अपमानित गरेको भन्दै सञ्चालकबाट यस्तो व्यवहार हुनु दुःखद रहेको प्रतिक्रिया दिए ।
यता मोडेल मल्टिपल कलेज सञ्चालक विरेन्द्र साहले पढ्ने पूर्वाञ्चल विश्वा विद्यालयबाट प्रत्येक सेमेस्टरको ३ हजार रुपैँया राजिष्ट्रेशन शुल्क बढाएकोले मात्र विद्यार्थीहरुर्लाइ तिर्नको लागि जानकारी गराएको बताउनुभयो । उहाँले विद्यार्थी गिरीले विद्यार्थीहरुलाई भडकाउदै युनियनबाजी गर्न लागेकाले कक्षाकोठाबाट निकालेको स्वीकार गर्नुभयो । विद्यार्थीहरु आफु कहाँ आएर त्यसको विषयमा बुझ्न सक्ने ठाउँमा सामुहिक रुपमा सिकायत पत्र लेखेर हस्ताक्षर गरेर युनियनबाजी गर्न लागेकाले त्यस्ता विद्यार्थीहरुलाई बरु २५ प्रतिशतसम्म ब्याज लगाएर शुल्क फिर्ता गरी  कलेजबाट निकाल्ने प्रतिक्रिया दिनुभयो ।
केहि दिन अघि मात्र जनकपुरको विसहारा चोक स्थित सञ्चालित मिट कलेजको कक्षा १२ को साईन्स फ्याकेल्टीमा शुल्क बढाएको विषयलाई लिएर विद्यार्थीहरुले बुझ्न खोज्दा सञ्चालकले धाकधम्की दिएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउदै सञ्चालकलाई  कारबाहीको माग गरेका थिए । मिट कलेजको कक्षा ११ मा नामांकन गर्ने बेला ३६ हजार रुपैँया शुल्क लाग्ने र कक्षा १२ मा पनि त्यतिकै लाग्ने विद्यार्थीहरुलाई भनेका थिए । तर कक्षा १२ को परीक्षा फारम भर्ने बेला ४४ हजार तिर्नु पर्ने कलजेले भनेपछि विद्यार्थीहरुले सो विरुद्ध अवाज उठाउँदा कलेजका सञ्चालक मजोज साहले विद्यार्थीहरुलाई धम्काउनु भएको थियो । यस विषमा मिट कलेजका सञ्चालक मनोज साहले त्रिमासिक चौमासिक परीक्षा र कक्षा १२ मा एउटा बढी विषय पढाउनु पर्ने हुँदा बढाएको प्रतिक्रिया दिनुभएको थियो ।
जनकपुरका अन्य केहि निजी कलेजहरुमा पनि विद्यार्थीहरुलाई धाकधम्की दिएर राख्दा उनीहरुले भने बमोजिमको शुल्क तिर्न बाध्य छन् । भने डरले नबोल्दा यस्ता कुराहरु भित्र भित्रै रहने गरेको छ ।