Friday, September 8, 2017

लोक सेवा आयोगको विज्ञापन नरोक्न सरकारलाई संसदको राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं, भाद्र २३ गते  । 

कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले लिने विज्ञापन नरोकिने भएको छ । यसअघि संघीयतामा कर्मचारी व्यवस्थापन नभएसम्म पदपूर्ति रोक्ने भनिएको थियो ।


तर शुक्रबार संसदको राज्य व्यवस्था समितिले पदपूर्ति नरोक्न सरकारलाई निर्देशन दिएको छ । यसअघि समितिले नै कर्मचारी समायोजन विधेयकमा भएको व्यवस्था अनुसार पदपूर्ति रोक्न भनेको थियो ।
सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकमा एक वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्ने र अहिलेकै कर्मचारी जनशक्तिले काम चलाउने उल्लेख थियो । एक वर्षसम्म पदपूर्ति रोकिँदा बेरोजगारीको संख्या बढ्ने र सक्षम जनशक्ति विदेश पलायन हुने भन्दै विधेयक सच्याउन दबाव परेको थियो । व्यापक आलोचना भएपछि राज्य व्यवस्था समितिले आफ्नो पुरानो निर्देशन सच्याएको हो ।
समितिका सभापति दिलबहादुर घर्तीले कर्मचारी भर्ना नरोक्न लोक सेवालाई निर्देशन दिएको जानकारी दिए ।
यसअघि पदपूर्ति गर्ने कि नगर्ने भन्ने अन्यौल कायमै रहेको बेला लोक सेवा आयोगले विज्ञापन तालिका सार्वजनिक गर्दा आलोचना भएको थियो ।
लोक सेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मी विलास कोइरालाले पदपूर्तिको विज्ञापन नरोक्ने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘एक वर्षसम्म पदपूर्ति रोकेको भए लोक सेवा आयोगलाई निलम्बन गरेजस्तै हुनेथियो । नियमित काम रोक्नु प्रजातान्त्रिक प्रणाली अनुकुल पनि हुने थिएन,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘संसद र सांसदहरुले पदपूर्ति नरोक्ने भनेर वुद्धिमानी निर्णय गर्नुभयो । यो स्वागतयोग्य छ ।’
राज्यव्यवस्था समितिले कर्मचारी पदपूर्ति रोक्ने कि नरोक्ने भन्ने विषयमा बुधबार र शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीसँग पनि छलफल गरेको थियो । मैनालीले हरेक वर्ष १० लाख परीक्षार्थीले लोक सेवा आयोगको परीक्षा तयारी गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै पदपूर्ति रोकिएमा तिनीहरुको भविष्य अन्योलमा पर्ने तर्क गरेका थिए । पदपूर्ति रोकिँदा लोक सेवा परीक्षाको तयारी गरिरहेकाहरु निराश बन्ने र विदेश पलायन हुनसक्ने मैनालीको भनाइ थियो ।
उनले कर्मचारी समायोजन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिए । कर्मचारी समायोजक विधेयक गत असार अन्तिम साता संसदमा पेश भएको थियो ।-अनलाईन खबर

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, मेक्सिकोमा सुनामीको चेतावनी

काठमाडौं,  भाद्र २३ गते । 

मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।

मेक्सिको लगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो । भूकम्पको धक्का करीव १ मिनेटसम्म महशुस गरिएको थियो ।

राजधानीका केहि स्थानमा बिद्युत अवरुद्ध भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

८.
१ म्याग्निच्युडकै भूकम्प भएको पुष्टि भयो भने यो सन् १९९५ र १९८५ मा आएको भूकम्प भन्दा पनि ठूलो हुनेछ । मेक्सिकोमा गएको यसअघिको भूकम्पमा हजारौंको मृत्यु भएको थियो ।

भूकम्पपछि त्यस क्षेत्रमा ५.२ र ५.७ म्याग्निच्युडको बीचमा चार पटक पराकम्प गइसकेको बताइएको छ । हालै मेक्सिकाले सम्भावित समुद्री आँधी हरिकेनका कारण आफ्नो पूर्व तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा रहन भनेको थियो ।- अनलार्इन खबर

Saturday, August 5, 2017

ढल्केबरमा सडकनाला जाम भएर वातावरण दुर्गन्धित

बिजय कुमार सिंह
ढल्केबर, साउन २१ गते ।

धनुषाकाे मिथिला नगरपालिकाकाे ढल्केबरमा सडककाे पानी निकास गर्न निर्माण गरिएका नाला फाेहरले जाम भएर वरिपरिकाे वातावरण दुर्गन्धित बनेकाे छ । 
 तस्विरःबिजय कु सिंह

बसहीखाेलासम्म निर्माण याेजनामा परेकाे साे सडकनाला खाेलातर्फ खुल्न नसकी अधुराे रहेकाेले त्यसमा पानी जम्ने र स्थानियहरूले फाेहर फाल्ने गरेकाेले फाेहर कुहिएर वातावरण दुर्गन्धित बन्नपुगेकाे हाे । 
ढल्केबरकाे सडकनाला, पानी निकास, फाेहर अादि व्यवस्था गर्न व्यवस्थापन गर्ने निकाय मिथिला नगरपालिकाकाे व्यवस्थापकिय क्षमता कमजाेर देिखएकाे छ । नालाहरूमा भएकाे फाेहरमैलाकाे उचित व्यवस्थापन हुन नसक्दा वातावरण दुर्गन्धित हुनुकाे साथै ढल्केबरमा लामखुट्टे अातंक बढेकाे छ । नालाहरू जाम भएर उत्पन्न हुने समस्याले विभिन्न पेशाकास्थानियहरू मारमा परेका छन् । हरेक बर्ष बर्षायाममा नालाकाे व्यस्थापन नभएकै कारण स्थानिय व्यापारी तथा ग्राहकहरू समस्यामा पर्दै अाएका छन् । सामान्य पानी पर्दासमेत पसलकै अगाडी पानी जम्ने भएर ग्राहकहरूलार्इ पसलमा अावतजावत गर्न समस्या भर्इरहेकाे  बताउने कलाम दफालीले नगरपालिका कर असुल्ने अखाडा भएकाे तथा नगर व्यवस्थापन गर्न चासाे नलिएकाे भनि गुनासाे पाेखे ।
यता, मिथिला नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राज कुमार दास अाफू यस कार्यालय अाउनुभन्दा अगावै याे नाला बनिसकेकाे बताउँदै उनले भने पानी निकास हुने गरि निर्माण हुनुपर्ने नालाहरू त्यसरी निर्माण हुन नसकेकाे बताए । उनले भने, अहिले बजेटकाे अभाव भएकाेले साे कार्य गर्न कठिनार्इ भइरहेकाे बताए ।
कार्यकारी अधिकृत दासले याे बर्षभित्रै पानी निकास हुने गरि व्यवस्थित नाला बनाउने याेजना बनिरहेकाे जानकारी गराए ।